Suvadin, Home

काँकडभिट्टा गोल्डकप : झापा सेमिफाइनलमा

शनिबार भएकाे खेलमा टाइब्रेकरमा झापाका लागि कर्ण लिम्बू, रजिन धिमाल, बुद्ध चेम्जोङ, रबि थापामगर र कप्तान योगेश गुरुङ गरी सबैको प्रहार गोलमा परिणत भएको थियो भने हिमालयनका लागि हेमन गुरुङ, रुपेश केसी र भूपाल गुरुङले प्रहार गरेकाे पनाल्टी मात्रै गाेलमा परिणत भएपछि झापाले सेमिफाइनलमा स्थान बनाएकाे हाे।
फाइल फाेटाे।

काठमाडाैं, पुस १७


हिमालयन शेर्पा क्लबलाई टाइब्रेकरमा ५–३ गाेल अन्तरले पराजित पार्दै रमपम झापा-११ मेची नेत्रालय काँकडभिट्टा गोल्डकपकाे सेमिफाइनल प्रवेश गरेकाे छ।

शनिबार भएकाे खेलमा टाइब्रेकरमा झापाका लागि कर्ण लिम्बू, रजिन धिमाल, बुद्ध चेम्जोङ, रबि थापामगर र कप्तान योगेश गुरुङ गरी सबैको प्रहार गोलमा परिणत भएको थियो भने हिमालयनका लागि हेमन गुरुङ, रुपेश केसी र भूपाल गुरुङले प्रहार गरेकाे पनाल्टी मात्रै गाेलमा परिणत भएपछि झापाले सेमिफाइनलमा स्थान बनाएकाे हाे।

त्यसअघि निर्धारित समयकाे खेलमा दुबै टिम २–२ को बराबरीमा राेकिएका थिए। पहिलो हाफको ३७ औं मिनेटमा झापाका पुजन उपरकोटीले गोल गरी सुरूवाती अग्रता दिलाएका थिए। त्यस्तै, खेलकाे ६२ अाै मिनेटमा हिमालयनका हेमन गुरूङले फ्रिकिककाे सदुपयाेग गर्दै गोल गर्दै खेल बराबरीमा पुर्याए। यता रबि थापाले आत्मघाती गाेलपछि २-१ ले पछि परेकाे झापाले ८८ औं मिनेटमा पाएकाे पेनाल्टीकाे सदुपयाेग गर्दै निर्धारित समयमा बराबरीमा टुग्याएकाे थियाे। योगेश गुरुङले उक्त पनाल्टीलाई गाेलमा परिणत गरेका थिए।

नेपाल, भारत र भुटानका ८ टोली सहभागी प्रतियोगितामा आइतबार आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर र ब्ल्यु आर्मी सिलोङ भारतले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता बिजेताले चार लाख र उपबिजेताले दुई लाख रुपैयाँ नगद पुरस्कार दिइने आयोजकले जनाएकाे छ। 


 

More form the Internet

loading...