Suvadin, Home

दुबईको किङ खानलाई हक्की उपाधि

डिफेन्डिङ च्याम्पियन दुबईको किङ खान हक्की क्लबले राजधानीमा जारी दोस्रो किङ खान–नेपाल इन्डोर पुरुष हक्की प्रतियोगिताको उपाधि हात पारेकाे छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबार सम्पन्न फाइनलमा किङ खानले नेपाल आर्मी क्लबलाई ५-० गोल अन्तरले पराजित गर्दै उपाधि रक्षा गरेकाे हाे।
उपाधि विजेता किङ खान क्लब।

काठमाडौं, चैत ६ - डिफेन्डिङ च्याम्पियन दुबईको किङ खान हक्की क्लबले राजधानीमा जारी दोस्रो किङ खान–नेपाल इन्डोर पुरुष हक्की प्रतियोगिताको उपाधि हात पारेकाे छ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबार सम्पन्न फाइनलमा किङ खानले नेपाल आर्मी क्लबलाई ५-० गोल अन्तरले पराजित गर्दै उपाधि रक्षा गरेकाे हाे।

किङ खानलार्इ उपाधl दिलाउने क्रममा कप्तान अली खानले ह्याट्रिक गरे भने अली राजाले २ गोल गरे। गत संस्करणमा पनि यी दुबै टाेली उपाधिका लागि अन्तिम प्रतिस्पर्धामा थिए।उपाधिसँगै किङ खानले ३० हजार र आर्मीले २० हजार नगद पुरस्कार हात पारे।

नेपाल हक्की संघ र काठमाडौं हक्की क्लबद्वारा आयोजित प्रतियोगितामा महेन्द्रनगरको हेल्प क्लब तेस्रो भयो। हेल्प क्लबले महेन्द्रनगरकै युनाइटेड क्लबलाई ४-३ गोलले हरायो। बिजेताका भानु अग्रवाल र मितेश सिंहले २-२ गोल गरे। हेल्प क्लबले १० हजार नगदमा चित्त बुझाउनु पर्याे।

एकदिने प्रतियोगितामा किङ खान, हेल्प क्लब, युनाइटेड क्लब, आर्मीसहित द जनकपुर क्लब, पोखरा हक्की क्लब, वीरगन्ज हक्की क्लब र मकवानपुर हक्की क्लब गरी ८ टिम सहभागी थिए।
 


 

More form the Internet

loading...