Suvadin, Home

'याे संस्करण अन्तर्राष्ट्रियस्तरकाे बनाउछाैं'
अन्तर्राष्ट्रिय लाङटाङ म्याराथुन अप्रिल २५ मा

ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपालको आयोजनामा आगामी अप्रिल २५ तारिखमा दोस्रो टान अन्तर्राष्ट्रिय लाङटाङ म्याराथुन हुने भएको छ। पहिलो संस्करणमा हाफ म्याराथुन आयोजना गरेको टानले यस संस्करणलाई अन्तर्राष्ट्रियकरण गर्न ४२ दशमलव १९५ किलाेमिटर म्याराथुनको आयोजना गर्न लागेको हो। भूकम्पको क्षतिपछि पनि लाङटाङलाई सुरक्षित छ भन्ने सन्देश अन्तर्राष्ट्रिय जगतमा प्रवाह गर्न म्याराथुनको आयोजक गर्न लागेको टानका अध्यक्ष चन्द्रप्रसाद रिजालले जनाएका छन्। 
म्याराथुन प्रतियाेगिताका बारेमा जानकारी गराउँदै अायाेजक संस्थाका पदाधिकारीहरू। तस्बिरः शुभदिन

काठमाडौं, चैत्र ११ - ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान)को आयोजनामा आगामी अप्रिल २५ तारिखका दिन दोस्रो टान अन्तर्राष्ट्रिय लाङटाङ म्याराथुन हुने भएको छ। 

पहिलो संस्करणमा हाफ म्याराथुन आयोजना गरेको टानले यस संस्करणलाई अन्तर्राष्ट्रियस्तरकाे बनाउन ४२ दशमलव १९५ किलाेमिटर म्याराथुनको आयोजना गर्न लागेको हो।

भूकम्पको क्षतिपछि पनि लाङटाङलाई सुरक्षित छ भन्ने सन्देश अन्तर्राष्ट्रिय जगतमा प्रवाह गर्न म्याराथुनको आयोजक गर्न लागेको टानका अध्यक्ष चन्द्रप्रसाद रिजालले जनाएका छन्। 

म्याराथुनमा सहभागिताका लागि आवेदन खुल्ला गरिएको आयोजकले जनाएको छ। म्याराथुनमा सहभागी हुन चाहने नेपाली धावकले १ हजार ७ सय र विदेशी धावकले ५५ सय रुपैयाँसहित नाम दर्ता गर्न सक्नेछन्।

म्याराथनका महिला र पुरुष दुर्वतर्फका विजेताले नगद १ लाख रूपैयाँ पाउनेछन्। दोस्रो र तेस्रो हुनेले क्रमशः ७५ र ५० हजार रूपैयाँ हात पार्नेछन्। 

म्याराथुन लाङटाङ राष्ट्रिय निकुञ्चको क्यानजिङ गुम्बाबाट सुरु भई थाङस्याप घोडा तबेला हुँदै स्याब्रुबेसीमा गई टुंगिने आयोजकले जनाएको छ।

प्रतियोगितामा नेपालसँगै २० देशका धावकहरुको सहभागिता रहने आयोजकले विश्वास लिएको छ। त्यस्तै म्याराथुन आयोजना सम्पन्न गर्न करिब २२ लाख खर्च लाग्ने टानका महासचिव कर्ण लामाले जनाएका छन्।


 

More form the Internet

loading...