Suvadin, Home

मन नथामिने अन्तिम अाेभरकाे राेमाञ्चकता

कपिलवस्तुमा जारी १७ अाैं इण्डाे नेपाल क्रिकेट प्रतियाेगिता अन्तर्गत दिउँसाे भएकाे कृष्णनगर र बलरामपुर विचकाे खेलकाे अन्तिम अाेभर निकै राेमाञ्चक बनेकाे छ। टस जितेर पहिले ब्याटिंग गरेकाे बलरामपुरले १९.५ अाेभरमा सवै विकेट गुमाएर १ सय २० रन मात्र बनाउन सक्याे। १ सय २१ रनकाे लक्ष्य पछ्याइरहेकाे अायाेजक टाेली कृष्णनगरकाे १९ अाै अाेभरकाे समाप्तीमा  ७ विकेटकाे क्षतिमा १ सय १४ रन थियाे। 
खेल राेमाञ्चक बनेपछि उत्साहित बनेका दर्शकहरू।

काठमाडाैं, माघ १३ - कपिलवस्तुमा जारी १७ अाैं इण्डाे नेपाल क्रिकेट प्रतियाेगिता अन्तर्गत दिउँसाे भएकाे कृष्णनगर र बलरामपुर विचकाे खेलकाे अन्तिम अाेभर निकै राेमाञ्चक बनेकाे छ।

टस जितेर पहिले ब्याटिंग गरेकाे बलरामपुरले १९.५ अाेभरमा सवै विकेट गुमाएर १ सय २० रन मात्र बनाउन सक्याे। १ सय २१ रनकाे लक्ष्य पछ्याइरहेकाे अायाेजक टाेली कृष्णनगरकाे १९ अाै अाेभरकाे समाप्तीमा  ७ विकेटकाे क्षतिमा १ सय १४ रन थियाे। 

उसलाइ अन्तिम अाेभरमा जितका लागि ७ रनकाे अावश्यकता थियाे, उसकाे भने तीन विकेट हातमा थिए। मुख्य ब्याट्सम्यानहरू अाउट भइसकेकाले बलरामपुरले सुरूमा सजिलै खेल जित्ने अनुमान अनुमान थियाे। बलरामपुरकाे बलिंगमा अाए मिडियम पेश पप्पु सिद्दिकी । त्यसपछिकाे अन्तिम अाेभरले उपस्थित दर्शकलार्इ राेमाञ्चक बनाइदियाे।  जुन यसप्रकार थियाे। 

१९.१ पप्पु सिद्धिकी टु सेहनवाज खान, अाउँट, नयाँ व्याट्सम्यान अनवर (कृष्णपुरलार्इ ५ बलमा ७ रन अावश्यक)

१९.२ पप्पु सिद्धिकी टु अनवर, बाइ एक रन (कृष्णपुरलार्इ ४ बलमा ६ रन अावश्यक)

१९.३ पप्पु सिद्धिकी टु सागर खत्री, एक रन (कृष्णपुरलार्इ ३ बलमा ५ रन अावश्यक)

१९.४ पप्पु सिद्धिकी टु अनवर, डट (कृष्णपुरलार्इ २ बलमा ५ रन अावश्यक), फिल्डिंग क्लाेज

१९.५ पप्पु सिद्धिकी टु अनवर, चाैका (कृष्णपुरलार्इ १ बलमा १ रन अावश्यक), स्काेर लेभल

१९.६ पप्पु सिद्धिकी टु अनवर, एक रन (कृष्णपुरलार्इ विजयी), घरेलु दर्शक खुसीले उफ्रे।

त्यसअघि पहिले ब्याटिङ गरेकाे बलरामपुरले कमरनकाे २१ तथा पप्पु सिद्दिकीकाे २६ रनकाे मद्दतले साे लक्ष्य खडा गरेकाे हाे। कृष्णनगरका अब्दुल नसिमले ३ तथा सागर खत्रीले २ विकेट लिएका थिए। 

जित दिलाउने क्रममा कृष्णनगरका सुहेल खानले २७, प्रज्वल थापाले २१ तथा सागर खत्रीले १४ रनकाे इनिङ खेले। बलरामपुरका पप्पु सिद्दिकीले ३ तथा अमिर राजाले २ विकेट लिए पनि खेल जिताउँन सकेनन्।

खेलकाे म्यान अफ द म्याच सागर खत्री भए। प्रतियाेगिता अन्तर्गत भाेलि चितवन र भैरहवाका विच प्रतिस्पर्धा हुने अायाेजकले जनाएकाे छ। 


 

More form the Internet

loading...