Suvadin, Home

बंगलादेशमा मनाङकाे पहिलाे खेल केहीबेरमा सुरू हुँदै

शनिबार सुरु भएको प्रतियोगितामा मनाङले आफ्नो पहिलो खेल घरेलु टोलीसँग खेल्न लागेको हो। 'प्रतिस्पर्धी टिमका बारेमा यसअघि खासै जानकारी थिएन,' मनाङका प्रशिक्षक छिरिङ लोप्साङले खेलअघि भने, 'तर, घरेलु प्रतियोगितामा ह्याट्रिक गरेकाले हाम्रो मनोबल उच्च छ।'
खेलअघि अभ्यास गर्दै मनाङकाे टिम। तस्विर: रंगशाला डटकम

काठमाडौं, फागुन ८- बंगलादेशमा जारी शेखकमल अन्तर्राष्ट्रिय क्लब कप फुटबल प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा आइतबार नेपालको मनाङ मर्स्याङ्दी क्लबले बंगलादेशको मोहम्मदेन क्लबको सामना गर्दैछ।

खेल नेपाली समय अनुसार दिउसो पौने चार बजेपछि चितगोङस्थित मोहम्मद अजिज रंगशालामा हुनेछ। त्यस्तै, समूह बी अन्तर्गत आइतबार हुने अर्को खेलमा आयोजक चितगोङ अवहनी लिमिटेड र शाहिन आस्मायी साँझ सात बजे आमनेसामने हुने भएका छन्।

शनिबार सुरु भएको प्रतियोगितामा मनाङले आफ्नो पहिलो खेल घरेलु टोलीसँग खेल्न लागेको हो। 'प्रतिस्पर्धी टिमका बारेमा यसअघि खासै जानकारी थिएन,' मनाङका प्रशिक्षक छिरिङ लोप्साङले खेलअघि भने, 'तर, घरेलु प्रतियोगितामा ह्याट्रिक गरेकाले हाम्रो मनोबल उच्च छ।'

घरेलु फुटबलको यो सिजनमा मनाङले खप्तड गोल्डकप, आहारारा गोल्डकप र झापा गोल्डकपको उपाधि उचालेको हो। यी उपाधि उचाल्दै मनाङ गत हप्ता बंगलादेश प्रस्थान गरेको हो।

प्रतियोगिताको समूह बीमा नेपालसँगै आयोजक बंगलादेश, कीर्गिस्तान, अफगानस्तान, दक्षिण कोरिया र माल्दिभ्सका क्लबहरु छन्। समूहका दुई शीर्ष टिम सेमिफाइनलमा प्रवेश गर्नेछन्।

खेलमा मनाङको टिमको कप्तानी नियमित कप्तान अनिल गुरुङले गर्नेछन्। टिममा कप्तान अनिल गुरुङसँगै विराज महर्जन, विक्रम लामा, सुजल श्रेष्ठ, विशाल राई, देवेन्द्र तामाङ, रोहित चन्द छन्।

यस्तै, दिनेश थापामगर, हेमन्त थापामगर, बिमल बस्नेत, विक्रम राना, निराजन मल्ल, कमल श्रेष्ठ, डोना थापा, सिसिको, ओलावाले, सामसन, सोनम गुरुङ, सुशील लामा, तेन्जिङ गुरुङ, अमिर केसी, विजय घले रहेका छन्।


 

More form the Internet

loading...