Suvadin, Home

एनसीएसएसकाे समिति बर्दियामा पनि

गाेपाल निराैलाकाे संयाेजकत्वमा एनसीएसएस बर्दिया जिल्ला समन्वय समिति गठन भएकाे हाे। नाै सदस्यीय समितिकाे सहसंयाेजकमा धनसिंह बिसी तथा सदस्यहरुमा हिक्मत बिष्ट, अक्षय क्षेत्री, देवेन्द्र जाेशी, प्रेम बिसी, शुभम् भण्डारी, किरण मरासिनी र अजय श्रेष्ठ चयन भएका छन्।
एनसीएसएस बर्दियाका पदाधिकारीहरू । तस्विरः एनसीएसएस

काठमाडाैं, फागुन ९


नेपाली क्रिकेट समर्थक समाज एनसीएसएस देशव्यापी रूपमा फैलिने क्रम जारी रहेकाे छ। साेही क्रमलार्इ निरन्तरता दिँदै बर्दियामा पनि एनसीएसएसकाे नयाँ कमिटी गठन भएकाे छ।

गाेपाल निराैलाकाे संयाेजकत्वमा एनसीएसएस बर्दिया जिल्ला समन्वय समिति गठन भएकाे हाे। नाै सदस्यीय समितिकाे सहसंयाेजकमा धनसिंह बिसी तथा सदस्यहरुमा हिक्मत बिष्ट, अक्षय क्षेत्री, देवेन्द्र जाेशी, प्रेम बिसी, शुभम् भण्डारी, किरण मरासिनी र अजय श्रेष्ठ चयन भएका छन्।

त्यस्तै समितीकाे सल्लाहकारमा एनसीएसएसका केन्द्रिय सदस्य तपेन्द्र जोशी चयन भएका छन्। एनसीएसएस बर्दिया गठन समाराेहमा बर्दिया जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष खगेन्द्र खनाल, नेपाली कांग्रेस बबई नगर सभापति दीपक तिमिल्सिना लगायतकाे उपस्थिति थियाे।

नवगठित कमिटीले बर्दिया जिल्लाकाे क्रिकेट विकासमा सहकार्य गर्ने संयाेजक निराैलाले बताएका छन्। 


 

More form the Internet

loading...