Suvadin, Home

दोस्राे नेपाल कप भेट्रान फुटबल
नेपाल आर्मी क्लब सेमिफाइनलमा प्रवेश

स्पोर्ट्स फर अल क्लब नेपाल र राष्ट्रिय खेलकुद संघ नेपालले संयुक्त रूपमा आयोजना गरेकाे प्रतियोगिताकाे अाइतबारकाे खेलमा आर्मीले ढोलाहिटी युथ क्लबलाई ३–२ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेकाे हाे। आर्मीका लागि नरेन्द्र खवास, श्रवण विष्ट र सिजर गुरुङले १–१ गोल गरे। ढोलाहिटीका विजय गुरुङले सान्त्वना गोल फर्काए। ढोलाहिटीका लालबहादुर लिम्बू म्यान अफ द म्याच चुनिएका छन्।
दोस्राे नेपाल कप भेट्रान फुटबलमा आर्मी (हरियो) र ढोलाहिटीका खेलाडी गाेल अघि बढाउने प्रयासमा। तस्बिरः राखेप

काठमाडौं, चैत १३ - डिफेन्डिङ च्याम्पियन नेपाल आर्मी क्लब दोस्राे नेपाल कप भेट्रान फुटबल प्रतियोगिताकाे सेमिफाइनलमा प्रवेश गरेको छ। 

स्पोर्ट्स फर अल क्लब नेपाल र राष्ट्रिय खेलकुद संघ नेपालले संयुक्त रूपमा आयोजना गरेकाे प्रतियोगिताकाे अाइतबारकाे खेलमा आर्मीले ढोलाहिटी युथ क्लबलाई ३–२ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेकाे हाे।

आर्मीका लागि नरेन्द्र खवास, श्रवण विष्ट र सिजर गुरुङले १–१ गोल गरे। ढोलाहिटीका विजय गुरुङले सान्त्वना गोल फर्काए। ढोलाहिटीका लालबहादुर लिम्बू म्यान अफ द म्याच चुनिएका छन्।

सेमिफाइनलमा आर्मीले साइनिङ सनस्टार क्लब कैलाली र नाइट किङ क्लब, सानो गौचरण बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। यसअघि ब्वाइज स्पोर्ट्स क्लब काठमाडौंले सेमिफाइनलमा स्थान पक्का गरिसकेकाे छ।


 

More form the Internet

loading...