Suvadin, Home

नाेएडालार्इ नेपालकाे २ सय ४९ रनकाे लक्ष्य (स्काेर कार्डसहित)

भारत भम्रणमा रहेकाे नेपाली राष्ट्रिय क्रिकेट टाेलीले बिहीबार अाफ्नाे तेस्राे अभ्यास खेलमा नाेयडा वन्डर्सलार्इ रनकाे लक्ष्य दिएकाे छ। ग्रेटर नाेएडास्थित गाैतम बुद्ध युनिभर्सिटीकाे मैदानमा टस जितेर पहिले ब्याटिङ गरेकाे नेपालले निर्धारित ५० अाेभरमा ५ विकेट गुमाएर २ सय ४८ रन बनायाे। सुनिल धमला र अाशिफ सेखले नेपाली पारीकाे सुरूवात गरेका थिए। ११अाैं अाेभरमा अाशिफ सेख अाउट हुनुअघि दुवैले नेपालका लागि ५० रनकाे अाेपनिङ साझेदारी गरेका थिए। अाशिफ २२ रनमा बाेल्ड भए।
नेपाली टिमकाे स्काेर कार्ड ।

काठमाडाैं, फागुन १९ - भारत भम्रणमा रहेकाे नेपाली राष्ट्रिय क्रिकेट टाेलीले बिहीबार अाफ्नाे तेस्राे अभ्यास खेलमा नाेयडा वन्डर्सलार्इ रनकाे लक्ष्य दिएकाे छ। ग्रेटर नाेएडास्थित गाैतम बुद्ध युनिभर्सिटीकाे मैदानमा टस जितेर पहिले ब्याटिङ गरेकाे नेपालले निर्धारित ५० अाेभरमा ५ विकेट गुमाएर २ सय ४८ रन बनायाे।

सुनिल धमला र अाशिफ सेखले नेपाली पारीकाे सुरूवात गरेका थिए। ११अाैं अाेभरमा अाशिफ सेख अाउट हुनुअघि दुवैले नेपालका लागि ५० रनकाे अाेपनिङ साझेदारी गरेका थिए। अाशिफ २२ रनमा बाेल्ड भए।

दाेस्राे विकेटका रूपमा क्रिजमा अाएका शरद भेषवाकर र सुनिल धमलाकाे जाेडीले २३ दशमलव ५ अाेभरमा नेपालका लागि सय रन पूरा गरे। २५अाैं अाेभरमा शरदले पनि २२ रनमा क्रिज छाडे।

एक तर्फकाे क्रिज सम्हालेका सुनिललार्इ साथ दिन तेस्राे विकेटका लागि अारिफ सेख मैदान प्रवेशमा अाए। २८अाैं अाेभरमा सुनिलले अाफ्नाे अर्धशतक पूरा गरेका हुन्। सुनिलले अर्धशतक पूरा गर्न ९९ बल खर्चिए। उनी एक सय २८ बलमा ७४ रनमा अाउट भए। त्यस्तै, नेपालका लागि अारिफले २८, विनाेद भण्डारीले ४१, राजेश पुलामीले ३० रन जाेडे।


 

More form the Internet

loading...