Suvadin, Home

पहिलाे अभ्यास खेलमा नेपाल ४७ रनले पराजित

ज्ञानेन्द्र मल्लले शतकीय इनिङ खेलेकाे पहिलाे खेलमा नेपाली क्रिकेट टाेली ४७ रनले पराजित भएकाे छ। अभ्यास खेलका लागि भारत भम्रणमा रहेकाे नेपाली राष्ट्रिय क्रिकेट टाेली अाफ्नाे पहिलाे अभ्यास खेलमा राजवाडा क्रिकेट टिमसँग ४७ रनले पराजित भएकाे हाे।
भारत भम्रणमा रहेकाे नेपाली नेशनल टिम। तस्बिरः रमन शिवाकाेटी।

काठमाडाैं, फागुन १५ - ज्ञानेन्द्र मल्लले शतकीय इनिङ खेलेकाे पहिलाे खेलमा नेपाली क्रिकेट टाेली ४७ रनले पराजित भएकाे छ। अभ्यास खेलका लागि भारत भम्रणमा रहेकाे नेपाली राष्ट्रिय क्रिकेट टाेली अाफ्नाे पहिलाे अभ्यास खेलमा राजवाडा क्रिकेट टिमसँग ४७ रनले पराजित भएकाे हाे।

२ सय ८२ रनकाे लक्ष्य पन्छाइएकाे नेपाली टाेली ४७.१ अाेभरमा सबै विकेट गुमाएर २ सय ३४ रनमा समेटियाे। नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले १ सय ४ रनकाे शतकीय इनिङ खेले। उनीसँगै नेपालले विनाेद भण्डारीले २०, राजेश पुलामीले ८, शरद भेषावकरले ४ रन मात्र जाेड्न सके। 

गाैतम बुद्ध युनिभर्सिटी मैदान, नाेयडामा भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ गरेकाे राजवाडाले निर्धारित ५० अाेभरमा ७ विकेट गुमाएर २ सय ८१ रन बनायाे। राजबाडाकाे पहिलाे विकेटका रूपमा साेमपाल कामीले कपिल यादवलार्इ १६ रनमै अाउट गराए। त्यसपछि सुझबुझपूर्ण र अाक्रमक ब्याटिङ गरिरहेका रजत चप्रवाललार्इ ९१ रनमा हुँदा सन्दीपले एलबिडब्लु धराप पारे। ८० बलकाे सामना गरेका उनलार्इ सन्दीपले  ३१ अाैं अाेभरमा पवेलियन फर्काएका थिए। यसले राजवाडाकाे रन गतिमा ब्रेक लगाएकाे थियाे। 

तेस्राे नम्बरका ब्याट्सम्यान फरान अहमदलार्इ शक्ति गाैचनले धेरैबेर क्रिजमा टिक्न दिएनन्। ३३ अाैं अाेभरमा शक्तिले उनलार्इ ३ रन जाेड्दा पवेलियन फर्काए। ४० अाैं अाेभरमा राजवाडाका मधुर खत्रीले ८१ बलमा अर्धशतक प्रहार गर्दै नेपालमाथि दबाब सिर्जना गरे। उनलार्इ करण केसीले ४८ अाैं अाेभरकाे अन्तिम बलमा ९० रनमा खेलिरहदा ज्ञानेन्द्र मल्लकाे हातबाट क्याच गराए।

नेपालका तर्फबाट साेमपाल कामी, करण केसी, शक्ति गाैचन र सन्दीप लामिछानेले समान १-१ विकेट लिए।


 

More form the Internet

loading...