Suvadin, Home

केन्यासँग ५ विकेटले नेपाल पराजित
नेपालकाे विश्वकप छनाैट खेल्ने सम्भावना न्यून

केन्यापछि नेपालले हङकङ र युएइविरूद्ध खेल्ने छ। हङकङलार्इ नेपालका तुलनामा बलियाे टिम मानिने हुनाले पनि नेपालकाे विश्वकप छनाैटकाे सम्भावना लगभग सकिएकाे अाँकलन गरिएकाे छ। नेपालले केन्यासँगका दुबै खेल जिते, प्रतियाेगिताकाे शीर्ष ४ हुँदै विश्वकप छनाैट खेल्ने सम्भावना जीवितै रहन्थ्याे।
कीर्तिपुर मैदानमा खेल हेर्न पुगेका दर्शकहरू। तस्बिर साैजन्यः अनलाइन खबर।

काठमाडाैं, फागुन २८ - विश्व क्रिकेट लिग च्याम्पिनसिप अन्तर्गत केन्याविरुद्धको पहिलो खेलमा नेपाल डकवर्थ लेविसका आधारमा ५ विकेटले पराजित भएसँगै विश्वकप छनाैट खेल्ने नेपालकाे सम्भावना न्यून बनेकाे छ।

कीर्तिपुरस्थित  त्रिभुवन विश्वविद्यालय मैदानमा शनिबार भएकाे खेलसँगै अाठ राष्ट्र सम्मेलित प्रतियाेगितामा नेपाल र केन्याले समान ९ खेल खेलेका छन्। खेलपछि केन्याको १० अंक भएकाे छ भने नेपालकाे ६ अंक छ। नेदरल्यान्ड्स १६ अंकसहित शीर्षस्थानमा रहँदा पपुवा न्युगिनी (१२), दाेस्राे, हङकङ (११) तेस्राे र स्कटल्याण्ड (११) चाैथाे स्थानमा छन्।

केन्या पाचाैं स्थानमा छ भने नेपाल छैठाैं स्थानमा छ। साेमबार नेपाल र केन्याले त्रिवि मैदानमा पुनः प्रतिस्पर्धा गर्नेछन्। जसकाे जित निकाले केन्याले स्कटल्याण्डलार्इ पछार्दै चाैथाे स्थान कब्जा गर्नेछ भने नेपालले जिते नेपालकाे ८ अंक हुनेछ। जसकाे अर्थ नेपाल हाल रहेकाे छैठाैं स्थानमा नै रहनेछ। 

केन्यापछि नेपालले हङकङ र युएइविरूद्ध खेल्ने छ। हङकङलार्इ नेपालका तुलनामा बलियाे टिम मानिने हुनाले पनि नेपालकाे विश्वकप छनाैटकाे सम्भावना लगभग सकिएकाे अाँकलन गरिएकाे छ। नेपालले केन्यासँगका दुबै खेल जिते, प्रतियाेगिताकाे शीर्ष ४ हुँदै विश्वकप छनाैट खेल्ने सम्भावना जीवितै रहन्थ्याे।

वर्षाका कारण निर्धारित समयमा खेल हुन नसकेपछि ३८ ओभरमा खेल छाेट्याइएकाे थियाे। टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ३६ अाेभरकाे खेल सकाउँदा पुनः पानी पर्याे र नेपालकाे इनिङलार्इ त्यही टुंग्याइयाे। नेपालले ३६ ओभरमा ८ विकेट गुमाएर १ सय १२ रन बनाएको हाे। पानीले ताेकिएकाे अाेभरकाे खेल सम्भव नभएपछि डकवर्थ लेविसका अाधारमा  केन्याले २४.२ ओभरमा ९४ रनको लक्ष्य पायाे।

नियमित कप्तान पारस खड्काले स्वास्थ्य समस्याका कारण ज्ञानेन्द्र मल्लले कप्तानी सम्हालेकाे खेलमा उनले टिमका लागि सर्वाधिक २७ रन जाेडे। खेलमा डेब्यु गरेका अर्का अाेपनर सुनील धमलाकाे प्रदर्शन सम्झनलायक रहेन। उनले ३ रन मात्रै जाेडे। ज्ञानेन्द्र र सुनीलबीचकाे पहिलाे विकेटकाे साझेदारी २१ रनकाे मात्रै रह्ये।

सुनीलले क्रिज छाडेपछि मैदानमा अाएका सागर पुनले १० रन मात्रै जाेडन सके। तर, ९.३ अाेभरमा ज्ञानेन्द्र मल्ल बाेल्ड भएपछि नेपाली पारि उठ्न सकेन। अर्का डेब्यु गरेका खेलाडी दीपेन्द्रसिंह एेरीले सम्हालिँदै ब्याटिङकाे प्रयास गरेपछि उनी १९ (५६ बल) मा क्याच हुन पुगे।

नेपालले स्काेर उच्च बनाउन नसक्नुकाे कारण मध्यक्रमका ब्याट्सम्यान बने। शरद भेषावाकर (३ रन), विनाेद भण्डारी (४ रन), मेहबुब अालम (२ रन) र बसन्त रेग्मी (६ रन) सस्तैमा पवेलियन फर्केपछि घरेलु दर्शन निराश बनेका थिए। 

नवौं विकेटका लागि शक्ति गौचन र सोमपाल कामी ३० रनको साझेदारी गरेपछि नेपालकाे स्काेरले गति लिएकाे थियाे। गरेका शक्तिले १८ र सोमपालले १५ रन अविजित बनाउँदा ३६ अाैं अाेभरमा पानिले खेल राेक्नु पर्याे।

केन्याका सेम एनगोचेले ३, नेल्सन ओधियाम्बोले २, एलिजा ओटियनो, कप्तान राकेप पटेल, नेहमिया ओधियाम्बोले समान १ विकेट लिएपछि नेपालले ठूलाे स्काेर बनाउन नसकेकाे हाे।

केन्याले डिएलका आधारमा जितका लागि सुरुमा २९ ओभरमा १ सय ४ लक्ष्य पाएको थियो। २१.२ ओभरमा वर्षाले पुनः खेल रोकिदा केन्याले ५ विकेटको क्षतिमा ८० रन बनाएको थियो। पुनः खेल सुरु हुँदा केन्याले २६ ओभरमा ९४ रनको लक्ष्य पायाे। राकेप पटेल (३४ रन) ले २४.१ अाेभरमा साेमपाल कामीकाे बलमा छक्का प्रहार गर्दै खेल सकाएका हुन्। 

त्यसअघि केन्याका काेलिन्स अाेविवाले २४, गुरूदीप सिंहले १२ रन बनाएका थिए भने नेपालका सागर पुन र सन्दिप लामिछानेले समान २ तथा बसन्त रेग्मीले १ विकेट लिए।


 

More form the Internet

loading...