Suvadin, Home

नेपाल र केन्या 
कहिले भिडे, के भयो?

आईसीसी विश्व क्रिकेट च्याम्पियनसिपमा नेपाल र केन्या शनिबार र सोमबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भिड्दैछन्। दुबै खेलमा विजय हात पार्ने टोलीले शीर्ष–४ मा रहने सम्भावना बलियो रहन्छ। शीर्ष चार टोलीले अर्को वर्ष विश्वकप छनोटमा प्रतिस्पर्धा गर्न पाउँछन्। नेपाल र केन्याको प्रतिस्पर्धा पनि यही शीर्ष चारमा रहन केन्द्रित छ।

काठमाडाैं, फागुन २७ - आईसीसी विश्व क्रिकेट च्याम्पियनसिपमा नेपाल र केन्या शनिबार र सोमबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भिड्दैछन्। दुबै खेलमा विजय हात पार्ने टोलीले शीर्ष–४ मा रहने सम्भावना बलियो रहन्छ। 

शीर्ष चार टोलीले अर्को वर्ष विश्वकप छनोटमा प्रतिस्पर्धा गर्न पाउँछन्। नेपाल र केन्याको प्रतिस्पर्धा पनि यही शीर्ष चारमा रहन केन्द्रित छ। अंक तालिकामा अहिले केन्या पाँचौं र नेपाल छैठौं स्थानमा छन्। केन्या दुबै खेलमा विजयी भए हङकङभन्दा अगाडि चौथो स्थानमा पुग्नेछ। नेपालले दुबै खेल जिते केन्यालाई पछाडि पार्दै पाँचौं स्थानमा पुग्ने छ। नेपालसँग १० अंक हुनेछ। हङकङभन्दा १ अंकले मात्र पछाडि रहने छ। 

केन्यापछि नेपालले हङकङ र युएईसँग खेल्ने कार्यक्रम छ। केन्याले पाँच पटक एक दिवसीय विश्वकपमा प्रतिस्पर्धा गरिसकेको छ। केन्याले ५० ओभरमा नेपालसँग भएका दुबै खेल जितेको छ। तर, ट्वान्टी–२० मा भने केन्यामाथि दुई खेलमै नेपालले विजय पाएको छ। 

सन् २०१२ मा युएईमा भएको विश्व टि–२० छनौट प्रतियोगितामा नेपाल पहिलोपटक विश्व ट्वान्टी–२० छनोटमा खेलिरहेको थियो। त्यो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो। तत्कालीन स्थितिमा नेपालको त्यो लागि ठूलो विजय थियो। यो विजयसँगै नेपाल १६ राष्ट्र सहभागी उक्त प्रतियोगितामा सातौं स्थानमा रह्यो। 

सन् २०१३ मा भएको विश्व टि–२० छनौटमा पनि नेपालले केन्यालाई पराजित गरेको थियो। अन्तिम ओभरमा नेपाललाई जितका लागि १७ रन चाहिएको अवस्थामा शरद भेषावकरले तीन छक्कासहित २० रन बनाएपछि शरदले राष्ट्रिय टोलीबाट बाहिर हुनुपरेको छैन। शरदले अन्तिम ओभरमा राघेव अगाको पहिलो बलमा छक्का, दोस्रोमा २ रन, तेस्रो र चौथो बलमा छक्का प्रहार गर्दै नेपाललाई ६ विकेटको स्मरणीय विजय दिलाए। 

सो खेलको स्कोरकार्डमा सुवास खकुरेल र पारस खड्काको नाममा अर्धशतक थियो। सोही खेलमार्फत ट्वान्टी–२० मा पहिलोपटक एकै खेलमा दुई नेपाली ब्याट्सम्यानको अर्धशतक बनाएका हुन्। 

सन् २०१५ मा भएको विश्व क्रिकेट लिग डिभिजन–२ मा नेपाल र केन्या दुबै निर्णायक मोडमा थिए। युगान्डासँग पहिलो खेलमा हारे पनि नेपालले त्यसपछिका तीन खेलमा नामिबिया, नेदरल्यान्डस् र क्यानडालाई पराजित गरेको थियो। केन्यासँगको विजयले नेपाललाई अन्तरमहादेशीय कपमा पुर्याउँथ्यो। उता नेपालविरुद्ध जित पाए केन्या डिभिजन–२ मा रेलिगेसन हुनबाट जोगिन्थ्यो। 

उपकप्तान ज्ञानेन्द्र मल्लको नटआउट ९१ रनमा नेपालले १ सय ९४ रन बनायो। ज्ञानेन्द्रको स्कोर त्यो समयमा नेपाली ब्याट्सम्यानको लिस्ट ‘ए’ मान्यताप्राप्त खेलमा उच्च स्कोर थियो। तर, इरफान करिमको नटआउट ७५ र कप्तान राकेप पटेलको ५६ रनको इनिङ खेलेपछि केन्याले ३५ ओभरमै खेल आफ्नो पक्षमा पार्यो। 

नेपालले सन् २००५ यता प्रथम श्रेणीको म्याच खेलेको थिएन। केन्यासँगको हारले नेपाललाई प्रथम श्रेणी मान्यताप्राप्त खेल खेल्न कम्तीमा अर्को चार वर्ष कुर्नुपर्ने बनाइदियो। सन् २०१५ मा भएको विश्व क्रिकेट लिग डिभिजन–२ मा नेपाल र केन्या तेस्रो स्थानको प्लेअफमा भिडेका थिए। केन्याले ब्याटिङ गर्दै ९ विकेट गुमाई २ सय ८ रन बनायो। खेलमा विनोद भण्डारीले ७३ र ज्ञानेन्द्रले ४८ रन बनाए पनि नेपाल १ सय ९३ रनमा अलआउट भयो। 

नतिजापछि डिभिजन–२ मा केन्या तेस्रो र नेपाल चौथो भए। शीर्ष–२ मा नपरेकाले अन्तरमहादेशीय कप गुमाए पनि केन्या र नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न पाए। त्यसैका लागि केन्या र नेपाल दुई खेलमा प्रतिस्पर्धा गर्न लागेका हुन्।


 

More form the Internet

loading...