Suvadin, Home

एसियन कप छनाेटमा नेपालविरूद्ध खेल्ने फिलिपिन्सकाे टाेली घाेषणा

फिलिपिन्स फुटबल टाेली। तस्बिरः खुला स्राेत इन्टरनेट।

काठमाडाैं, चैत ७ -  अागामी चैत्र १५ गते नेपालविरूद्ध एएफसी एसियन कपकाे छनाेट खेल्ने फिलिपिन्सकाे टाेली घाेषणा भएकाे छ। नेपालले फिलिपिन्ससँग उसैकाे घरेलु मैदान रिजाल मेमोरियल स्टेडियममा खेल्दैछन्।  

नेपालविरद्ध घाेषित फिलिपिन्सकाे टिममा नेइल एथरिड्ज, दाइसुके सातो, ज्याभिएर पाटिनो, रोलाण्ड मुलर, डिफेन्डर चार्लि डे मुर्गा र जुनियर मुनोज, मान्नी ओट, मार्टिन स्टेउबल, लुक उडल्याण्ड, ओजे पोर्टरिया, इआन राम्से, मिसाघ बहडोन, डेनिस भिलानुएभा, अमानी अगुइनाल्डो र प्याट्रिक डेयेटो छन्। त्यस्तै, फिल, जेम्स योङहसब्याण्ड दाजुभाइसँगै फिच अर्बोलेडा र काया माकातीका केनसिरो डानिएल्स पनि टोलीमा अँटाएका छन्।

फिलिपिन्सले व्यवसायी खेलाडीहरूलार्इ छनाेट गरि टाेली घाेषणा गरेकाे र जितका लागि मैदानमा उत्रने फिलिपिन्स फुटबल संघले जनाएकाे छ। यस्तै, नेपालले पनि फिलिपिन्सविरुद्ध हुने खेलका लागि २० सदस्यीय टोलीको घोषणा यसअघि नै गरिसकेको छ।

याे पनि पढ्नुहाेस्

‘भाग्यले जुराएको’ प्रतियोगितामा नेपाली फुटबलको अग्निपरीक्षा


 

More form the Internet

loading...