Suvadin, Home

नेपाललाई थार्इ मार्सल आर्टमा तीन पदक

थाइल्याण्डको बैंककमा भएको दोस्राे थार्इ मार्सल आर्ट विश्व च्याम्पियनसिपमा नेपालले एक रजतसहित ३ पदक जितेको छ। पुरुषको ५७ केजीमा सबिनकुमार राईले रजत तथा ५१ केजीमा निकेश तामाङ र ६७ केजीमा रमेश पाण्डेले कास्य जितेका छन्।
पदक विजेता थार्इ बक्सिङसहितको टोली।

काठमाडाैं, चैत्र ११ - थाइल्याण्डको बैंककमा भएको दोस्राे थार्इ मार्सल आर्ट विश्व च्याम्पियनसिपमा नेपालले एक रजतसहित ३ पदक जितेको छ। पुरुषको ५७ केजीमा सबिनकुमार राईले रजत तथा ५१ केजीमा निकेश तामाङ र ६७ केजीमा रमेश पाण्डेले कास्य जितेका छन्।

गत संस्करणका स्वर्ण विजेता निकेशले यसपटक कास्यमै चित्त बुझाएका हुन्। नेपालबाट ४ पुरुष खेलाडीले सहभागिता जनाएकोमा ५४ केजीमा प्रतिस्पर्धा गरेका राजु राई पदकविहीन रहे।

मार्च १२ देखि २२ तारिखसम्म भएको प्रतियोगितामा सहभागी भर्इ टोली नेता नेपाल थार्इ बक्सिङ संघका अध्यक्ष नवराज भण्डारी र अफिसियल श्यामकृष्ण बस्नेतसहितको टोली बिहीबार स्वदेश फर्किएको हो।


 

More form the Internet

loading...