नेपाल सेमिफाइनलमा, श्रीलंका १-० ले पराजित
काठमाडाैं, पुस १५
भारतकाे सिलगढीमा भर्खरै सम्पन्न खेलमा श्रीलंकालाई समू चरणकाे अन्तिम खेलमा पराजित पार्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेकाे छ। श्रीलंकाविरूद्ध १-० काे नतिजा निकाल्दै नेपाल समूह बिजेताका रूपमा सेमिफाइनमा पुगेकाे हाे।
नेपालले जितका लागी खेलकाे अन्तिम समयसम्म कुर्नुपर्याे। खेलको ८८ औं मिनेटमा सपना लामाले गोल गर्दै नेपाललाई जित दिलाएकी हुन्। यसअघिका दुई खेलमा भुटान र माल्दिभ्सलाई फराकिलाे अन्तरले पराजित गरेकाे नेपालकाे रवाफ श्रीलंकासँग भने देखिएन।
नेपालविरूद्ध श्रीलंकाले अाक्रामक खेलेकाे थियाे भने नेपाली कीर्तिमानी स्ट्राइकर सावित्रा भण्डारी पनि अाज चल्न सकेनन्। नेपाली खेलाडीहरूले पाएका राम्रा अवसरहरूकाे पनि सदुपयाेग गर्न सकेका थिएनन्। श्रीलंकालाई पराजित पार्दै नेपाल ९ अंकका साथ समूह बिजेता बनेकाे हाे।