Suvadin, Home

दीपेन्द्र, दीलिप र अाशिफ नयाँ अनुहार, १९ जना खेलाडी छनाैट

आइसिसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्यासँग हुने खेलका अगाडी भारत अभ्यासका लागि जाने १९ खेलाडी छनौट गरिएको छ। काठमाडाैंमा भएकाे २४ जनाकाे बन्द प्रशिक्षणबाट यी खेलाडी छानिएका हुन्। छनाैटमा परेका १९ जना खेलाडीहरू तीन अभ्यास खेलका लागि आगामी शुक्रबार भारत जाँदै छन् ।

काठमाडाैं, फागुन १० - आइसिसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्यासँग हुने खेलका अगाडी भारत अभ्यासका लागि जाने १९ खेलाडी छनौट गरिएको छ। काठमाडाैंमा भएकाे २४ जनाकाे बन्द प्रशिक्षणबाट यी खेलाडी छानिएका हुन्। छनाैटमा परेका १९ जना खेलाडीहरू तीन अभ्यास खेलका लागि आगामी शुक्रबार भारत जाँदै छन् । 

१९ जनाकाे लिस्टमा दिपेन्द्र सिंह एेरी, दिलिप नाथ र अाशिफ सेख नयाँ अनुहार समेटिएकाे छ। त्यसबाहेक टाेलीमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, अारिफ सेख, मेहबुब अालम, करण केसी, सागर पुन, भुवन कार्की, शरद भेषावकर, शक्ति गाैचनफ अभिनाश कर्ण, साेमपाल कामी, सुनिल धमला, बसन्त रेग्मी, राजेश पुलामी, विनाेद भण्डारी र सन्दिप लामिछाने छन्।

अस्वस्थताका कारण कप्तान पारस खड्का भने भारत नजाने यस अघि नै तय भएकाे थियाे। भारतमा हुने अभ्यास खेलपछि अन्तिम टोली छनौट गरिने छ ।

पारसकाे स्वास्थ्य सुधाराेन्मुख, भारत भम्रण नजाने

नेपाली राष्ट्रिय क्रिकेट टाेली भारत जाने

नेपाली क्रिकेटका नयाँ अाधार स्तम्भ

 


 

More form the Internet

loading...