Suvadin, Home

बार्सिलाेनाकाे लज्जास्पद हार

च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएकाे खेलमा बार्सिलाेनाले लज्जास्पद हार बेहाेरेकाे छ। अन्तिम १६ काे पहिलाे लेगमा बार्सिलाेनाले फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग ४-० काे लज्जास्पद हार चाखेकाे हाे।
अप्रत्यासित हारपछि निराश बनेका मेसी लगायत बार्सिलाेनाका खेलाडीहरू।

काठमाडाैं, फागुन ४ - च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएकाे खेलमा बार्सिलाेनाले लज्जास्पद हार बेहाेरेकाे छ। अन्तिम १६ काे पहिलाे लेगमा बार्सिलाेनाले फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग ४-० काे लज्जास्पद हार चाखेकाे हाे। 

पाँच पटक च्याम्पियन्स लिगकाे उपाधी उचालेकाे बार्सिलाेनाकाे याे ठुलाे हार मध्येकाे एक हाे। च्याम्पियन्स लिगमा यसअघि सन् १९९४ मा एसी मिलानसँग, सन् १९९७ मा  डाइनामो किएभसँग तथा सन् २०१३ मा बार्यन म्युनिखसंग बार्सिलाेनाले ४-० काे हार वेहाेरेकाे थियाे।

बार्सिलाेनाका प्रशिक्षक लुइस इन्ड्रिकले अप्रत्यासित नतिजाले अाफुहरू स्तब्ध तुल्याएकाे भएकाे बताएका छन्। यस नजिताले बार्सिलाेनालाइ च्याम्पियन्स लिगमा रहिरहन पनि चुनाैती थपिदिएकाे छ। लिगमा रहिरहन बार्सिलाेनाले अागामी मार्चमा घरेलु मैदानमा हुने खेलमा फराकिलाे जित निकाल्नु पर्नेछ।

खेलकाे १८ औं मिनेटमा एन्जेल डि मारियाकाे गाेलबाट अग्रता बनाएकाे पिएसजीका लागि ४० औं मिनेटमा जुलिएन ड्र्यक्सलरले दाेस्राे गोल गरे। उनीहरूकाे गाेलबाट पहिलाे हाफमा २-० काे अग्रता लियाे। साेही संख्यामा दाेस्राे हाफमा गाेल निकाल्दै पिएसजीले बार्सिलाेनालार्इ स्तब्ध पारेकाे हाे।

दाेस्राे हाफमा पनि अाक्रमक खेल जारी राख्दै डि मारियाले ५५ अाै मिनेटमा व्यक्तिगत दाेस्राे तथा टिमका लागि तेस्राे गाेल गरे। ७२ अाैं मिनेटमा एडिन्सन कभानीले अन्तिम तथा चाैथाे गाेल गर्दै पिएसजीलार्इ फराकिलाे जित दिलाए। 

बार्सिलाेनाबाट मेसी, नेयमार, स्वराेज जस्ता खेलाडीहरू मैदानमा उत्रिएपनि उनीहरूकाे जादु देखिएन्। घरेलु मैदानमा भएकाे खेलमा पिएसजीका समर्थकहरू बेजाेड खुशी देखिन्थे।

खेलकाे हाइलाइट्स हेर्नुहाेस :-

 


 

More form the Internet

loading...