Suvadin, Home

कायाक क्लबलार्इ र्याफ्टिङकाे राष्ट्रिय उपाधि

कायाक क्लबले राष्ट्रिय र्याफ्टिङ च्याम्पियनसिप २०१७ काे उपाधि हात पारेकाे छ। नेपाल र्याफ्टिङ एण्ड कनोइङ संघको आयोजनामा भएको प्रतियाेगिताकाे उपाधि कायाकले जितेकाे हाे।
र्याफ्टिङ गरिँदै। तस्विरः एजेन्सी

काठमाडाैं, फागुन ५- कायाक क्लबले राष्ट्रिय र्याफ्टिङ च्याम्पियनसिप २०१७ काे उपाधि हात पारेकाे छ। नेपाल र्याफ्टिङ एण्ड कनोइङ संघको आयोजनामा भएको प्रतियाेगिताकाे उपाधि कायाकले जितेकाे हाे।

प्रतियोगितामा भएका चार इभेन्ट मध्ये चार वटामै प्रथम स्थान हासिल गर्दै कायाकले उपाधि उचालेकाे हाे। स्प्रिन्ट, हेड टु हेड स्लालोम र डाउन रिभर इभेन्टमा प्रथम हुँदै कायाक राष्ट्रिय च्याम्पियन बनेकाे हाे।

१२ टोली समावेश प्रतियोगिताको स्प्रिन्टमा १ सय अंक, हेड टु हेडमा २०० अंक, स्लालममा ३०० अंक र डाउनरिभर ४०० अंक जोडेको विजयी टोलीले अधिकतम १००० अंक जोड्न सफल रह्याे।

विजयी टोलीमा कप्तान हरि आले मगर, रोशन लामा, मानबहादुर कँडेल, प्रकाश गुरुङ, विनोद गुरुङ, टकबहादुर गुरुङ र विशाल गुरुङ सदस्यहरू समावेश थिए।

विजयी टाेली कायाक क्लबले अागामी अक्टाेबर ३ देखि १० तारिखमा जापानमा हुने विश्वकपमा नेपालकाे प्रतिनिधित्व गर्ने नेपाल र्याफ्टिङ एण्ड कनोइङ संघका अध्यक्ष मनबहादुर न्यौपानेले बताए।

 


 

More form the Internet

loading...