Suvadin, Home

उपाधि हाेडमा ग्रान्डमास्टर रकिब

बंगलादेशी ग्रान्डमास्टर अब्दुल्ला अल रकिब मोलाह एसियन जोनल चेस च्याम्पियनशीपको उपाधि होडमा पुगेका छन्। नेपाल बुद्धिचाल संघ र नेकोस चेस एकेडेमी क्लबको संयुक्त आयोजनामा काठमाडौंमा जारी एसियन जोनल ३.२ चेस च्याम्पिनसिप अन्तर्गत आइतबार सम्पन्न आठौं चरणको खेलमा २४९२ रेटेड रकिबले पूर्वनेपाल च्याम्पियन क्यान्डिडेटमास्टर केशव श्रेष्ठ (२०७७) लाई हराउँदै ७ अंक बनाएका हुन्।
चेस खेल। तस्बिरः इन्टरनेट खुला स्राेत।

काठमाडौं, चैत १४ - बंगलादेशी ग्रान्डमास्टर अब्दुल्ला अल रकिब मोलाह एसियन जोनल चेस च्याम्पियनशीपको उपाधि होडमा पुगेका छन्। नेपाल बुद्धिचाल संघ र नेकोस चेस एकेडेमी क्लबको संयुक्त आयोजनामा काठमाडौंमा जारी एसियन जोनल ३.२ चेस च्याम्पिनसिप अन्तर्गत आइतबार सम्पन्न आठौं चरणको खेलमा २४९२ रेटेड रकिबले पूर्वनेपाल च्याम्पियन क्यान्डिडेटमास्टर केशव श्रेष्ठ (२०७७) लाई हराउँदै ७ अंक बनाएका हुन्।

अर्का बंगलादेशी ग्रान्डमास्टर जिउर रहमान (२५२०) आफ्नै देशका इन्टरनेशनल मास्टर आवु सुफिन साकिल (२३४३) लाई पराजीत गर्दै ६ दशमलब ५ अंकका साथ रकिबलाई पछ्याइरहेका छन् भने नेपालका हिमाल लामा र भगवतीप्रसाद शर्मा तथा श्रीलंकाली कालुगाम्पिटीया आर एस क्यान्डिडेटमास्टरको उपाधि जित्न सफल रहे।

आठौं चरणको खेलमा २०८१ रेटेड हिमालले वर्तमान नेपाल च्याम्पियन मदनकृष्ण कायस्थलाई बराबरीमा रोक्दै ४ दशमलव ५ अंकका साथ क्यान्डिडेटमास्टरको उपाधि पक्का गरेका हुन्। त्यस्तै १८४८ रेटेड भगवतीप्रसादले माल्दिभ्सका अहमद अमान इब्राहिमलाई तथा २०९९ रेटेड कालुगाम्पिटीयाले नेपालका सुमित पन्त (१९३५) लाई हराउँदै आ-आफ्नो उपाधि पक्का गरे।

बंगलादेशी ग्रान्डमास्टर नियाज मुर्सिद (२४२२) आफ्नै देशका फिडेमास्टर साइद रहमान मफुजुर (२२५०) लाई हराउँदै ६ अंकका साथ अंक तालिकाको तेश्रो स्थानमा रहेका छन्। त्यस्तै अर्का बंगलादेशी ग्रान्डमास्टर इनामुल हुसेन (२४७४) ले पूर्व नेपाल च्याम्पियन बद्रीलाल नेपाली (२००९) लाई पराजीत गर्दै ५ अंक बनाए। उता बंगलादेशी फिडेमास्टरद्वय हसन मेहेदी (२२६३) र मोहम्मद रहमान तैवुर (२३४१) बीचको स्पर्धामा मेहेदीले सफलता हात पारे।

नेपालका केशव श्रेष्ठ, बंगलादेशका इनामुल हुसेन तथा हसन मेहेदी र श्रीलंकाली कालुगाम्पिटिया समान ५–५ अंकमा रहेका छन्। बंगलादेशका साकिल तथा मफजुर, नेपालका मदककृष्ण, हिमाल तथा भगवतीप्रसाद समान ४ दशमलब ५ अंकमा रहेका छन्।

बंगलादेशका मोहम्मद रहमान तैवुर, नेपाली फिडेमास्टर मनिष हमाल, क्षितिज भण्डारी, बद्रीलाल नेपाली, सुमित पन्त, सुमन राई तथा मिलन लामा समान ४–४ अंकमा रहेका छन्। त्यसैगरी नेपालका क्यान्डिडेटमास्टर भूपेन्द्र निरौला, नवीन तण्डुकार तथा राजेन्द्रकुमार पराजुली र माल्दिभ्सका अनरेटेड अहमद अमान इब्राहिमको समान ३ दशमलव ५ अंक रहेको छ ।

महिलातर्फको उपाधि होड रोमाञ्चक हुँदै

एसियन जोनल चेस च्याम्पियनसीपको महिलातर्फको उपाधि होड रोमाञ्चक मोडमा पुगेको छ। सातौं चरणसम्म अपराजित ७ अंक बटुलेकी बंगलादेशकी वुमन इन्टरनेशनलमास्टर रानी हमिद आइतबार भएको आठौं चरणको खेलमा आफ्नै देशकी वुमन फिडेमास्टर सुल्ताना सरमिन सिरीनसँग पराजीत भएपछि उपाधि होड खुला भएको छ।

रानीसँगै समिमा अख्तरको पनि समान ७ अंक भएको छ। डिफेन्डिङ च्याम्पियन समेत रहेकी बंगलादेशी वुमन इन्टरनेशनल मास्टर समिमाले आठौं चरणमा नेपालकी पुनम प्रसाईंमाथि सहज जित हात पारिन्। श्रीलंकाली सौम्य जैनव तथा बंगलादेशी वुमन फिडेमास्टर नजराना खान समान ५–५ अंकमा रहेका छन्। त्यस्तै बंगलादेशी सुल्ताना सिरीन र समिमा सिम्मी सरीनको समान ४ दशमलव ५ अंक भएको छ।

नेपालकी शान्ता थापा तथा सविना श्रेष्ठ आ-आफ्नो खेल जीत्दै समान ४–४ अंक बनाउन सफल भए। १६२६ रेटेड शान्ताले नेपालकै मतिना कुसी (१७०१) तथा १४०५ रेटेड सविनाले अर्की नेपाली खेलाडी सिन्दिरा जोशी (१६२५) लाई हराए । च्याम्पियनसिप अन्र्तगत सोमबार नवौं चरणका खेल सञ्चालन हुनेछन्। 


 

More form the Internet

loading...