रियल मड्रिड र बार्सिलाेनाकाे टक्कर
काठमाडाैं, फागुन १ - स्पेनिस ला लिगाकाे अंक तालिकामा पहिलाे स्थानकाे रियल मड्रिड र दाेस्राे स्थानकाे बार्सिलाेना बिच कडा टक्करकाे स्थिती पैदा भएकाे छ। दुवैले शनिवार राती भएका अा-अाफ्नै खेलमा जित हात पारेपछि यी दुवैकाे अंक तालिकामा एक अंककाे झिनाे अन्तर मात्रै रह्याे।
ला लिगाका महारथी यी दुवै टाेलीमा काे शिर्षमा पुग्ने भन्ने हाेडबाजी पुरानै हाे। त्यसले फेरी एकपटक निरन्तरता पाउने भएकाे छ। शिर्षस्थानमा रहेकाे म्यड्रिडलाइ चुनाैती दिदै बार्सिलाेनाले एलाभेसलाइ ६-० काे फराकिलाे अन्तरले पराजित गर्दै ४८ अंक जाेडेका वेला रियल मड्रिडले पनि ओसासुनलाई ३–१ ले पराजित गर्दै ४९ अंक बनाएकाे हाे। यद्दपी रियलले बार्सिलाेना भन्दा दुइ खेल कम खेलेकाे छ।
ओसासुनलाई पराजित गर्ने क्रममा रियल मड्रिडका लागि क्रिष्टियानो रोनाल्डो, इस्को र लुकास भाजक्वेजले गोल गरे। खेलकाे २४ औं मिनेटमा रोनाल्डोले सुरूवाती गाेल गरेपछि बराबरी गाेल फर्काउदै ३३ औं मिनेटमा ओसासुनाका लिमोनेसले बराबरी जवाफ फर्काए।
पहिलाे हाफ बराबरीमा राेकियाे तर दाेस्राे हाफमा भने मड्रिड पुरै हावी रह्याे। ६२ औं मिनेटमा इस्कोले गोल गर्दै रियलको अग्रता २–१ मा पुर्याए इन्जुरी समयमा भाजक्वेजले गोल गर्दै रियल मड्रिडलाई ३–१ को जित दिलाएका हुन्।
खेलकाे हाइलाइट्स यस्ताे छ:-