Suvadin, Home

पुलिसलार्इ हराउँदै रूपेन्देही-११ फाइनलमा

रूपेन्देही-११ टुबाेर्ग दास्राे नेपालगञ्ज गाेल्डकप फुटबल प्रतियाेगिताकाे फाइनल प्रवेश गरेकाे छ। नेपालगञ्ज मंगलबार सम्पन्न सेमिफाइनलमा नेपाल पुलिस क्लबलार्इ पराजित गर्दै रूपेन्देही-११ फाइनल प्रवेश गरेकाे हाे।
रूपेन्देही फुटबल क्लब। तस्बिर साैजन्यः गाेलनेपाल डटकम।

काठमाडाैं, चैत्र १ - रूपेन्देही-११ टुबाेर्ग दास्राे नेपालगञ्ज गाेल्डकप फुटबल प्रतियाेगिताकाे फाइनल प्रवेश गरेकाे छ। नेपालगञ्ज मंगलबार सम्पन्न सेमिफाइनलमा नेपाल पुलिस क्लबलार्इ पराजित गर्दै रूपेन्देही-११ फाइनल प्रवेश गरेकाे हाे।

याेसँगै रूपेन्देहीले फाइनलमा सिएमजी संकटा क्लबकाे सामना गर्नेछ। संकटा साेमबार भएकाे पहिलाे सेमिफाइनलमा सुदूरपश्चिमाञ्चललार्इ टाइब्रेकरमा ५–४ ले हराउँदै फाइनल प्रवेश गरिसकेकाे छ।

फाइनलमा स्थान सुरक्षित गर्न रूपेन्देहीले पुलिसलार्इ २-१ गाेल अन्तरले पराजित गर्याे। खेलमा अग्रता भने नेपाल पुलिस क्लबले लिएकाे थियाे। साे परिस्थितिलार्इ उल्टाउँदै रूपेन्देहीले फाइनलमा स्थान बनाएकाे हाे।

खेलकाे ३३ अाैं मिनेटमा गाेल गर्दै जुमानु रार्इले पुलिसलार्इ अग्रता दिलाएका थिए। त्यसकाे दुर्इ मिनेटमै अमर डंगाेलले रूपेन्देहीका लागि बराबरी गाेल गरे। पहिलाे हाफमा थप गाेल हुन सकेन। ७४ अाैं मिनेटमा अमर डंगाेलले पुन गाेल गरेपछि रूपेन्देही फाइनलमा पुगेकाे हाे। 

बाँके जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिता फाइनल चैत ४ गते हुनेछ। बिजेताले उपाधिसहित पाँच लाख र दोस्रो हुने टोलीले २ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्नेछ।

 


 

More form the Internet

loading...