Suvadin, Home

दोसाे नेपाल कप भेट्रान फुटबल
झम्सिखेलमाथि सामाखुसीकाे गाेल वर्षा

सामाखुशी फुटसल क्लब दोस्राे नेपाल कप भेट्रान फुटबल प्रतियोगिताकाे उद्घाटन खेलमा विजयी भएको छ। स्पोर्ट्स् फर अल क्लबकाे अायाेजनामा भइरहेकाे प्रतियाेगिताकाे उद्घाटन खेलमा सामाखुशीले झम्सिखेल युथ क्लबलाई ११–१ को फराकिलाे गोलअन्तरले पराजित गरेकाे हाे।
नेपाल कप भेट्रान फुटबलको उद्घाटन गर्दै पूर्वखेलकुद सहायकमन्त्री भुवन पाठक।

काठमाडाैं, चैत्र ११ - सामाखुशी फुटसल क्लब दोस्राे नेपाल कप भेट्रान फुटबल प्रतियोगिताकाे उद्घाटन खेलमा विजयी भएको छ। स्पोर्ट्स् फर अल क्लबकाे अायाेजनामा भइरहेकाे प्रतियाेगिताकाे उद्घाटन खेलमा सामाखुशीले झम्सिखेल युथ क्लबलाई ११–१ को फराकिलाे गोलअन्तरले पराजित गरेकाे हाे।

सामाखुशीका लागि सरोज थापा एक्लैले ७ गरेका हुन्। निमा लामा, मिलन श्रेष्ठ, हरि खड्का र विजय श्रेष्ठले समान १–१ गोल गरे। झम्सिखेलका कविराज रञ्जितकारले सान्त्वना गोल फर्काएका हुन्। प्रतियोगिताको पूर्वखेलकुद सहायकमन्त्री भुवन पाठकले एक कार्यक्रमबीच उद्घाटन गरेका हुन्। 

विजेताले एक लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने आयोजक क्लबका अध्यक्ष लोकबहादुर शाहीले जनाएका छन्। उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई १०–१० हजार नगदबाट पुरस्कृत गरिने छ। नकआउट प्रतियोगितामा ११ टिम सहभागी छन्।


 

More form the Internet

loading...