Suvadin, Home

देशव्यापी स्कुल क्रिकेट लिग हुने

हिमालयन क्रिकेट एकेडेमी (एचसिए)काे अायाेजनामा अाउँदाे माघ १५ गते देखि देशव्यापी एक्सपर्ट स्कुल क्रिकेट लिग हुने भएकाे छ। देशभरिका अाठ वटा स्थानमा लिग सञ्चालन गरिने अायाेजकले बिहीबार राजधानीमा पत्रकार सम्मेलनकाे अायाेजना गरी जानकारी दिएकाे छ।
पत्रकार सम्मेलनमा खेलका बारेमा जानकारी दिँदै म्याच कमिस्नर सुवास प्रधान।

काठमाडाैं, पुस २८


हिमालयन क्रिकेट एकेडेमी (एचसिए)काे अायाेजनामा अाउँदाे माघ १५ गते देखि देशव्यापी एक्सपर्ट स्कुल क्रिकेट लिग हुने भएकाे छ। देशभरिका अाठ वटा स्थानमा लिग सञ्चालन गरिने अायाेजकले बिहीबार राजधानीमा पत्रकार सम्मेलनकाे अायाेजना गरी जानकारी दिएकाे छ।

लिग महेन्द्रनगर, धनगढी, काठमाडाैं, नेपालगञ्ज, पाेखरा, चितवन, भैरहवा र झापामा अायाेजना गरिने एचसिएका अध्यक्ष शक्ति भण्डारीले बताए। सुरूमा यी अाठ स्थानका स्कुलहरूबीच साेही स्थानमा प्रतिस्पर्धा हुनेछ,’ भण्डारीले भने, ’त्यसपछि सबै स्थानका च्याम्पियन टिमहरूकाे राष्ट्रिय लिग गराइनेछ।’

प्रत्येक स्थानमा अधिकतम १२ टिमहरूकाे सहभागिता रहने लिगकाे सुरूवात महेन्द्रनगरबाट हुने प्रतियाेगिता कमिस्नर सुवास प्रधानले बताए। जिल्लाका च्याम्पियन टिमलार्इ १ लाख बराबरकाे क्रिकेट किट तथा उपबिजेतालार्इ ५० हजार बराबरकाे क्रिकेट किट दिइने उनले बताए।

लिग खेलहरू २५ - २५ अाेभरका हुनेछन् भने प्रत्येक टिमले लिग चरणमा कम्तिमा दुर्इवटा खेलहरू खेल्ने अायाेजकले जनाएकाे छ। प्रतियाेगितामा देशभरका १ सय भन्दा बढी स्कुलहरूले सहभागिता जनाउने अायाेजकले जनाएकाे छ। 

देशभरिका प्रतियाेगिताबाट छानिएका उत्कृष्ट ३० जना खेलाडीहरूलार्इ काठमाडाैंस्थित हिमालयन क्रिकेट एकेडेमीमा विशेष प्रशिक्षणकाे व्यवस्था मिलाउने र तीमध्ये छनाैटमा परेका १५ जनालार्इ बंगलादेश टुर लैजाने पत्रकार सम्मेलनमा जानकारी दिइयाे। 

पत्रकार सम्मेलनमा मुख्य प्रयाेजक एक्स्पर्ट एडुकेशन तथा फिसा सर्भिसेजका ग्लाेबल डाइरेक्टर बद्री अर्यालले युवा क्रिकेटरहरूकाे खाेजीका लागि अाफूहरूले सहयाेग गर्न पाउँदा खुसी महस्सर भएकाे बताए। साथै उनले अागामी दिनमा पनि नेपाली क्रिकेटकाे विकास लागि अाफूहरूले सक्दाे सहयाेग गर्ने बचन दिए। 

 


 

More form the Internet

loading...