Suvadin, Home

धमलाकाे अर्धशतकीय पारीकाे मद्दतले पुलिसकाे विजयी सुरूवात

दोस्रो रुस्लान टि-ट्वान्टी कप क्रिकेट प्रतियोगिता अन्तर्गत भर्खरै सम्पन्न उद्घाटन खेलमा नेपाल पुलिस क्लबले हिमालयन क्रिकेट एकेडेमीलार्इ ८१ रनले पराजित गरेकाे छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपाल पुलिस क्लबले हिमालयन क्रिकेट एकेडेमीलाई निर्धारित २० अाेभरमा १ सय ८४ रनकाे लक्ष्य दिएको थियाे। पुलिसका लागि सुनील धमलाले अर्धशतकीय   ५४ काे इनिङ खेले। त्यस्तै कुशल भूर्तेलले ३३ रन जाेडे।
सुनील धमला।

काठमाडाैं, पुस २६


दोस्रो रुस्लान टि-ट्वान्टी कप क्रिकेट प्रतियोगिता अन्तर्गत भर्खरै सम्पन्न उद्घाटन खेलमा नेपाल पुलिस क्लबले हिमालयन क्रिकेट एकेडेमीलार्इ ८१ रनले पराजित गरेकाे छ। 

टस जितेर पहिले ब्याटिङ गरेको नेपाल पुलिस क्लबले हिमालयन क्रिकेट एकेडेमीलाई निर्धारित २० अाेभरमा १ सय ८४ रनकाे लक्ष्य दिएको थियाे। पुलिसका लागि सुनील धमलाले अर्धशतकीय   ५४ काे इनिङ खेले। त्यस्तै कुशल भूर्तेलले ३३ रन जाेडे।

हिमालयन क्रिकेट एकेडेमीका तर्फबाट बलिङमा कमलसिंह ऐरी ,प्रकाश विष्ट, अरुण अधिकारी , पवन कार्की र अविनाश अधिकारीले समान एक-एक विकेट लिए।  

जवाफी ब्याटिङमा हिमालयन १ सय २ रनमा अलअाउट भएकाे छ। हिमालयका भूपेन्द्र थापाले सर्वाधिक ७३ रनकाे इनिङ खेलेपनि अन्य ब्याट्सम्यानहरू चल्न नसक्दा टिमले हार व्यहोर्नुपर्याे। नेपाल पुलिस क्लबका अारिफ सेखले ३ विकेट लिँदै टिमलार्इ जित दिलाए। 

यसैगरी, प्रतियाेगिताकाे मंगलबार नै हुने दाेस्राे खेलमा केहीबेरमा समूह बी मा रहेका त्रिभुवन अार्मी क्लब र न्यू रार्इजिङ स्टार क्लब प्रतिस्पर्धा गर्नेछन्। प्रतियाेगितामा प्रतियोगितामा १६ टोलीकाे सहभागिता रहेकाे छ। प्रतियोगिताको बिजेताले तीन लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेताले दुई लाख रुपैयाँ पाउने अायाेजकले जनाएकाे छ।

 

More form the Internet

loading...