Suvadin, Home

टेबलटेनिसको विकासमा सहयोग गर्ने प्रतिवद्धता

एसियाली टेबलटेनिस युनियनका कोषाध्यक्ष एवम् अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघका सदस्य धनराज चौधरीले नेपाली टेबलटेनिसको विकासमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्। लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शनिबार अखिल नेपाल टेबलटेनिस संघका पदाधिकारी र खेलाडीसँगको भेटमा चौधरीले उक्त प्रतिवद्धता जनाएका हुन्।
अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्य (बायाँ) धनराज चौधरीलाई मायाको चिनो प्रदान गर्दै। तस्बिरः राखेप।

काठमाडाैं, चैत्र १३ - एसियाली टेबलटेनिस युनियनका कोषाध्यक्ष एवम् अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघका सदस्य धनराज चौधरीले नेपाली टेबलटेनिसको विकासमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शनिबार अखिल नेपाल टेबलटेनिस संघका पदाधिकारी र खेलाडीसँगको भेटमा चौधरीले उक्त प्रतिवद्धता जनाएका हुन्।

‘विगतमा पनि हामीले नेपाली टेबलटेनिसलाई सहयोग गर्दै आइरहेका छौं, आगामी दिनमा पनि सक्दो सहयोग गर्ने छौं,’ भारतीय टेबलटेनिस संघका पूर्वअध्यक्ष समेत रहेका चौधरीले भने।

चौधरीले १३औं दक्षिण एसियाली खेलकुद (साग)मा सहभागी हुने टेबलटेनिस खेलाडीलाई भारतको सिलिगुढीमा निःशुल्क बन्द प्रशिक्षणको व्यवस्था मिलाउने अवगत गराए। उनले खेल सामग्रीमा पनि सहयोगको बताएका छन्। चौधरी भारतीय ओलम्पिक कमिटीका सदस्य पनि हुन्।

टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्यले विगतको सहयोगका लागि धन्यवाद दिँदै आउँदा दिनमा पनि सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरे। सो अवसरमा अध्यक्ष वैद्यले चौधरीलाई मायाको चिनो प्रदान गरेका थिए।


 

More form the Internet

loading...