Suvadin, Home

एक कराेड क्षतिपूर्ति दिने एन्फाकाे प्रस्ताव थ्रीस्टारद्वारा अस्वीकार

अखिल नेपाल फुटबल संघ एन्फाकाे गम्भीर लापरबाहीले एएफसी कपकाे छनाेट खेल्नबाट बञ्चित पारिएकाे थ्रीस्टार क्लबले एन्फाले दिने भनेकाे एक कराेड रूपैयाँ क्षतिपूर्ति नलिने जनाएकाे छ। थ्रीस्टार क्लबले छनाेटकाे अान्तरिक तयारीमा ठुलाे रकम खर्च भएकाे भन्दै यसअघि ६ कराेड क्षतिपूर्ति माग गरेकाे थियाे। क्लबका महासचिव सञ्जिव शिल्पकारले अनाैपचारिक रूपमा एन्फाले १ कराेड रूपैयाँकाे प्रस्ताव गरेकाे बताएका छन्।
थ्रीस्टार क्लबकाे लाेगाे।

काठमाडाैं, फागुन ६


अखिल नेपाल फुटबल संघ एन्फाकाे गम्भीर लापरबाहीले एएफसी कपकाे छनाेट खेल्नबाट बञ्चित पारिएकाे थ्रीस्टार क्लबले एन्फाले दिने भनेकाे एक कराेड रूपैयाँ क्षतिपूर्ति नलिने जनाएकाे छ।

थ्रीस्टार क्लबले छनाेटकाे अान्तरिक तयारीमा ठुलाे रकम खर्च भएकाे भन्दै यसअघि ६ कराेड क्षतिपूर्ति माग गरेकाे थियाे। क्लबका महासचिव सञ्जिव शिल्पकारले अनाैपचारिक रूपमा एन्फाले १ कराेड रूपैयाँकाे प्रस्ताव गरेकाे बताएका छन्।

'तर, प्रतियाेगिताका लागि हाम्राे २ कराेड रूपैयाँभन्दा माथि खर्च लागेकाे त्यसबाहेक त्यत्राे अन्तरराष्ट्रिय प्रतियाेगिता खेल्न पाएकाे छैनाैं,' उनले भने, 'साेही कारण हाम्रा पूरानै अडानमा कायम रहेका छ।'

एएफसीले बारम्बार एएफसी कप प्लेअफको सहभागिताका लागि क्लब दर्ता गर्न पत्राचार गर्दा पनि एन्फाले त्यसलाई गम्भीरताका साथ नलिदा थ्रीस्टार प्लेअफ खेल्नबाट बञ्चित हुनुपरेको थियाे।

एसियाली फुटबल महासंघ एएफसीले पाँच पटकसम्म पत्राचार गरेपनि एन्फाले एएफसी कप प्ले–अफको लागि थ्रीस्टारको नाम दर्ता  नगरेकाे अाराेप थ्रीस्टारकाे छ।

साेही कारण छनोट पार गरे पनि पनि थ्रीस्टार महादेशीय क्लब फुटबलको दोस्रो ठूलो प्रतियोगिताको अन्तिम प्ले–अफ खेल्नबाट वञ्चित भएको हो। 


 

More form the Internet

loading...