Suvadin, Home

माेरङ ११ उदयपुर गाेल्डकपकाे फाइनलमा

काठमाडाैं, फागुन ३


माेरङ ११ उदयपुरमा जारी उदयपुर गाेल्डकपकाे फाइनल प्रवेश गरेकाे छ। पहिलाे सेमिफाइनलमा संकटा क्लबलार्इ पराजित गर्दै माेरङले फाइनलमा स्थान पक्का गरेकाे हाे।

अघिल्लाे सातासम्पन्न सिमरा गाेल्डकपकाे उपाधि उचालेकाे संकटा क्लबलार्इ २-१ ले पराजित गर्दै माेरङ फाइनलमा पुगेकाे हाे। पहिलाे हाफमा दुवै तर्फबाट कुनै गाेल हुन सकेन। खेलकाे ६९अाैं मिनेटमा गाेल गर्दै भुवन बस्नेतले माेरङलार्इ सुरूवाती अग्रता दिलाए।

पहिलाे गाेल गरेकाे ४ मिनेट वित्न नपाउदै माेरङले अर्काे गाेल थप्याे। मिक्चन तामाङले ७३ अाै मिनेटमा गाेल गर्दै माेरङकाे अग्रता दिलाएका हुन्। संकटाका लागि सान्त्वना गाेल सजिन थापाले फर्काए।

खेलको म्यान अफ द म्याच मोरङका भुवन बस्नेत भए। उनले नगद पाँच हजार हात पारे। प्रतियाेगितामा मंगलवार रूपेन्देही ११ र हिमालयन शेर्पा क्लब अामने सामने हुँदै छन्।


 

More form the Internet

loading...