Suvadin, Home

विजेतालार्इ १ लाख रूपैयाँ, उपविजेतालार्इ ५० हजार
भेट्रान फुटबल प्रतियाेगिताकाे पुरस्कार राशी बृद्धि

स्पाेर्टस फर अल क्लब नेपालकाे अायाेजनामा अागामी चैत्र १० गतेदेखि राजधानीमा अायाेजना हुने दाेस्राे नेपाल कप भेट्रान फुटबल च्याम्पियनसिपकाे विजेताले १ लाख रूपैयाँ पुरस्कार पाउने भएका छन्। पहिलाे संस्करण भन्दा पुरस्कार राशी दाेब्बर पारिएकाे अायाेजकले जनाएकाे छ। 
प्रतियाेगिताबारे जानकारी दिन अायाेजित पत्रकार सम्मेलनमा समितिका पदाधिकारीहरू। तस्बिरः शुभदिन

काठमाडाैं, चैत्र ७ - स्पाेर्टस फर अल क्लब नेपालकाे अायाेजनामा अागामी चैत्र १० गतेदेखि राजधानीमा अायाेजना हुने दाेस्राे नेपाल कप भेट्रान फुटबल च्याम्पियनसिपकाे विजेताले १ लाख रूपैयाँ पुरस्कार पाउने भएका छन्। पहिलाे संस्करण भन्दा पुरस्कार राशी दाेब्बर पारिएकाे अायाेजकले जनाएकाे छ। 

विभिन्न ११ टिम सहभागी हुने च्याम्पियसिपकाे उपविजेताले ५० हजार पाउने छन्। उकृष्ट खेलाडी तथा सर्वाधिक गाेलस्काेररलार्इ समान १० हजार रूपैया दिइने भएकाे छ। १० दिन चल्ने प्रतियाेगिताकाे तयारी अन्तिम चरणमा रहेकाे क्लबका अध्यक्ष लाेकबहादुर शाहीले बताएका छन्। 

प्रतियाेगितामा ४० वर्ष पूरा भएका खेलाडीहरू मात्र सहभागी हुन पाउनेछन्। लगनखेलस्थित बुद्धिविकास फुटबल मैदानमा हुने प्रतियाेगिता नकअाउटका अाधारमा खेलाइने जनाइएकाे छ। खेल ७० मिनेटकाे हुने र प्रत्येक टिमले ५ जना खेलाडीहरूलार्इ सब्स्टिच्युट (परिवर्तन गरिने खेलाडी) खेलाडीका रूपमा राख्न पाइने अध्यक्ष शाहीले बताए। 

प्रतियाेगितामा त्रिभुवन अार्मी क्लब, सामाखुशी फुटबल टिम, नाइट किङ क्लब, ब्वाइज युनियन क्लब, रूपेन्देही-११ भेट्रान क्लब, बुटवल, झम्सिखेल युथ क्लब, मनाङ मर्साङ्दी क्लब, साइनिङ सन स्पाेर्टस् एकेडेमी कैलाली, ढाेलाहिटी युग क्लब, ४० प्लस भेट्रान क्लब र व्वाइज स्पाेर्टस् क्लबले सहभागिता जनाउने भएका छन्।

प्रतियाेगिताकाे उद्घाटन खेलमा सामाखुशी र झम्सीखेलले प्रतिस्पर्धा गर्ने अायाेजकले जनाएकाे छ।


 

More form the Internet

loading...