Suvadin, Home

घरेलु मैदानमा पाहुना प्रशिक्षक

केन्यासँगको खेल अगाडि उच्चकोटीका प्रशिक्षकबाट प्रशिक्षण लिन पाएपछि पक्कै पनि नेपाली खेलाडीहरूको प्रदर्शन सुध्रने विश्वास कप्तान पारस खड्काको छ। बिटुएफ फाउण्डेशनको उद्घाटन कार्यक्रममै उनले नेपाली क्रिकेटको सहयोगका लागि नेपाल आएकोमा प्रशिक्षक वाटमोरलाई धन्यवाद दिँदै उनको नेपाल बसाई नेपाली क्रिकेटका लागि कोसेढुंगा बन्ने विश्वास व्यक्त गरेका थिए। नेपाली क्रिकेट टिमका ओपनर सुवास खकुरेल पनि वाटमोरबाट प्रशिक्षण लिन पाउँदा दंग छन्। खकुरेल भन्छन्, ‘हामीले प्रशिक्षण भर्खरै सुरुवात गरेका छांै, तर सुरुवाती दिनबाटै उहाँले हामीलाई ऊर्जा थपिदिनुभएको छ।’ 
वाटमाेरसँग प्रशिक्षणका क्रममा कप्तान पारस खड्कासहित नेपाली टाेलीका सदस्यहरू। फाेटाे साभार: विराट राय/विकेटनेपाल डटकम

काठमाडाैं, माघ १६ - अतिथि प्रशिक्षकको रुपमा श्रीलंकालाई विश्वबिजेता बनाइसकेका डेभ वाटमोरसँग प्रशिक्षण लिन पाउँदा यतिबेला नेपाली राष्ट्रिय टोलीका सदस्यहरू दंग छन्। नेपाली क्रिकेटलाई उच्चस्तरको सहयोग गर्ने उद्देश्यले स्थापना भएको ब्याट एण्ड बल फाउण्डेशन (बिटुएफ)ले वाटमोरलाई नेपाल ल्याएको हो। 

विश्वकप खेलिसकेको नेपाली राष्ट्रिय टोलीलाई घरेलु मैदानमा विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत आगामी अप्रिल ११ र १३ तारिखमा कीर्तिपुरमा हुने नेपाल र केन्याबीचको खेल नेपालका लागि निकै महत्वपूर्ण छ। त्यसको कारण भनेको प्रतियोगितामा सहभागि शीर्ष चार टोलीले सन् २०१८ मा हुने विश्वकप छनौट खेल्ने मौका पाउनेछन्। प्रतियोगितामा हाल नेपाल छैठौँं स्थानमा छ। 

शीर्ष चारको स्थानमा उक्लिन केन्यासँगको जित अपरिहार्य छ। जितको आधार तय गर्न नेपाललाई उच्चस्तरको प्रशिक्षणको अभाव खड्किरहेको थियो र त्यो अभाव केही भए पनि पूर्ण गर्ने प्रयास गरेको छन्, डेभ वाटमोरले। वाटमोर हालसम्मकै उच्चकोटीका प्रशिक्षण हुन्।

बिटुएफ फाउण्डेशनको पहलमा नेपाल आएका वाटमोरले दुई हप्ता नेपाली टिमलाई प्रशिक्षण दिनेछन्। उनको प्रशिक्षणमा व्यस्त नेपाली खेलाडीहरु यतिवेला दंग देखिन्छन्।

केन्यासँगको खेल अगाडि उच्चकोटीका प्रशिक्षकबाट प्रशिक्षण लिन पाएपछि पक्कै पनि नेपाली खेलाडीहरूको प्रदर्शन सुध्रने विश्वास कप्तान पारस खड्काको छ। बिटुएफ फाउण्डेशनको उद्घाटन कार्यक्रममै उनले नेपाली क्रिकेटको सहयोगका लागि नेपाल आएकोमा प्रशिक्षक वाटमोरलाई धन्यवाद दिँदै उनको नेपाल बसाई नेपाली क्रिकेटका लागि कोसेढुंगा बन्ने विश्वास व्यक्त गरेका थिए।

नेपाली क्रिकेट टिमका ओपनर सुवास खकुरेल पनि वाटमोरबाट प्रशिक्षण लिन पाउँदा दंग छन्। खकुरेल भन्छन्, ‘हामीले प्रशिक्षण भर्खरै सुरुवात गरेका छांै, तर सुरुवाती दिनबाटै उहाँले हामीलाई ऊर्जा थपिदिनुभएको छ।’ 

‘क्रिकेट खेल मानसिक रुपमा पनि जोडिएको हुन्छ,’ उनले भने, ‘हाम्रो मानसिकतालाई बलियो बनाउन वाटमोरले जोड दिनुभएको छ।’

टेष्ट नेशनहरूले खेलाडीहरूलाई मानसिक रुपमा बलियो बनाउन ‘मेण्टर’को व्यवस्था गरेका हुन्छन्। जसको मुख्य भूमिका खेलाडीहरूको मानसिकता बलियो बनाउँदै उनीहरूमा सकरात्मक ऊर्जा थप्नु हुन्छ। त्यसले खेलको नजितामा पनि प्रभाव पर्छ। सकारात्मक नतिजाका साथ मैदानमा उत्रने खेलाडीले उत्कृष्ट प्रदर्शन गर्ने गर्छन्।

नेपाली क्रिकेटको सन्दर्भमा भने यसको अभाव सदैव खड्किँदै आएको छ। यद्यपि, पुबुदुले यसको सुरुवात नगरेका भने होइनन्। खेल अगाडि नेपाली खेलाडीहरूलाई मानसिक रुपमा बलियो बनाउन उनले ‘मोटिभेसनल स्पीच’ दिन्थे। जसको मद्दतले नेपाली खेलाडीले मैदानमा पनि सकरात्मक नतिजा निकाल्थे।

‘वाटमोरजस्ता उच्चकोटीका प्रशिक्षकहरूसँग ठूला खेल तथा ठूला खेलाडीहरूसँग काम गरेको अनुभव पनि हुन्छ,’ सुवासले भने, ‘उहाँले त्यो अनुभव हामीसँग बाँड्दा त्यसले हामीलाई ठूलो उत्प्रेरणाको काम गर्छ।’

नेपाली टिमका तीब्र गतिका बलर सोमपाल कामी वाटमोरको पहिलो दिनकोे प्रशिक्षणबाट नै प्रभावित छन्। उनी भन्छन्, ‘वाटमोर सरको सानो सानो कुरामा पनि ध्यान हुन्छ, मैले बलिङ गर्ने समयमा उहाँले मैले कहाँ गलत गरे एकैछिनमा पत्ता लगाई त्यसमा सुधारको लागि सुझाव दिनुहुन्छ, वाटमोरजस्तो प्रशिक्षक नियमित पाउने हो भने हामी फेरि अर्काे विश्वकप छिट्टै खेल्नेछौं।’

वाटमोरलाई नेपाल ल्याएका बिटुएफका अध्यक्ष पारस शाक्य भन्छन्, ‘नेपाली क्रिकेटलाई चाहिने उच्च टेक्निकल सहयोगका लागि हामी हरदम तयार छौं। वाटमोरजस्तै आगामी दिनमा हामी उच्चस्तरको प्रशिक्षक ल्याउन तथा प्रशिक्षणको व्यवस्था मिलाउन प्रयासरत् छौं।’
नेपाली क्रिकेट टोलीलाई हालसम्म विभिन्न विदेशी प्रशिक्षकले प्रशिक्षण दिए। जसमध्ये नेपाली क्रिकेटले सधैं सम्झिराख्ने नाम हुन्, पुबुदु दासानायके र उनीअघिका रोय डायस लुक।

नेपाली क्रिकेटका प्रशिक्षकहरूमध्ये पुबुदु हालसम्मका सर्वाधिक सफल प्रशिक्षक हुन्। उनको प्रशिक्षकत्वमा नेपाली क्रिकेटले काँचुली फेरेको छ। नेपाललाई विश्वकपसम्म पुर्याउने योगदान उनैले गरेका थिए। उनको प्रशिक्षकत्वमा नेपाली क्रिकेटले एकपछि अर्को गर्दै सफलताको सिँढी चढेको थियो। 

श्रीलंकाका पूर्व विकेटकिपर व्याट्सम्यान दासानायकेले सन् २०११ देखि नेपाली टोली सम्हालेका हुन्। त्यसअघि क्यानाडामा उनले झन्डै एक दसक बिताएका थिए। सन् २००१ देखि क्यानाडाको राष्ट्रिय टोलीबाट खेलेका दासानायके सन् २००४ देखि क्यानाडाको कप्तानको भूमिका निर्वाह गरे। सन् २००७ देखि क्यानाडाको प्रशिक्षणको जिम्मेवारी सम्हालेका थिए।

पूर्वप्रशिक्षक रोय लुक डायसको विदाइपछि दासानायकेलाई नेपाल ल्याइयो, पछि तिनै दासानायकेले नेपाली सन् २०१४ को टी २० विश्वकप खेलाए। 

प्रशिक्षक डायसले नेपाललाई उमेर समुहका अन्तर्राष्ट्रिय प्रतियोगितामा ठुला सफलताहरु दिलाएका थिए। उनको प्रशिक्षकत्वमा नेपालले उमेर समूह अन्तर्गत टेष्ट मान्यता प्राप्ट दक्षिण अफ्रिका, पाकिस्तान र न्यूजील्याण्डजस्ता राष्ट्रलाई हराउँदै सनसनी मच्चाएको थियो। त्यतिबेलाको नेपाली क्रिकेटको पुस्तामा विनोद दास, कनिष्क चौलागाईंलगायत उदायका थिए। जसलाई नेपाली क्रिकेटको आधारपुस्ता पनि भनिन्छ। त्यसपछि नेपाली क्रिकेटको जग बलियो बन्दै गएको हो।

डायस कार्यकालमा नेपालले एसीसी डिभिजन–५ को मात्र उपाधि जित्न सक्यो। यसैकारण दस वर्ष लामो उनको कार्यकाललाई चार वर्षभन्दा कम नेपालमा बिताएका पुबुदुको प्रशिक्षणले ओझेलमा पारिदियो।

पुबुदुले प्रशिक्षणमा मात्र ध्यान दिएनन्। खेलाडीहरूलाई बढी भन्दा बढी अन्तर्राष्ट्रिय म्याच एक्सोजर दिन पनि उत्तिकै भूमिका खेले। उनले कप्तान पारस खड्कालाई क्यानेडाको ओन्टारयो क्लबमा चार महिनाको व्यावसायिक क्रिकेट प्रशिक्षणको व्यवस्था मिलाए।

शक्ति गौचनलाई भारतीय इण्डियन प्रिमियर लिग अन्तर्गतको क्लब राजस्थान रोयल्समा अभ्यास गर्ने मौका जुराइदिए। त्यतिबेला शक्तिले भारतीय क्रिकेटका हस्ती राहुल द्रबिडलाई अभ्यासका क्रममा बोल्ड गरेको खबरले सनसनी पिटेको थियो। त्यस्तै, उनकै पहलमा अमृत भट्टराई र चन्द्र साउद श्रीलंका अभ्यासका निम्ति गए। अनिल मण्डल, शरद भेषवाकर र ज्ञानेन्द्र मल्लले भारतमा प्रशिक्षण गर्ने अवसर पाए।

प्रशिक्षणसँगै खेलाडीहरूको आत्मविश्वास बढाउँन तथा उनीहरुको प्रतिभालाई तिखार्न निकै मेहनत गरेका पुबुदुले क्यानको विवादका कारण नेपाल छाड्ने निर्णय गरेपछि नेपाली क्रिकेटको विकासका लागि पुबुदु नै चाहिन्छ भन्ने आवाज खेलाडी तथा समर्थकबाट पटक–पटक नउठेको हैन्। तर, त्यसको सुनुवाई कहीँबाट भएन। फलतः हाल उनी अमेरिकी क्रिकेट टोलीको प्रशिक्षकको रुपमा कार्यरत छन्।

पुबुदु दासानायकेले नेपाल छाडेपछि नेपाली टोलीको जिम्मा घरेलु प्रशिक्षक जगत टमाटाको सम्हाल्दै आएका छन्। 

भिडियाेमा हेर्नुहाेस, वाटमाेरद्धारा नेपाली खेलाडीकाे प्रशिक्षण

 


 

More form the Internet

loading...