Suvadin, Home

यस्ताे छ क्रिकेट प्रशिक्षक डेभ वाटमोरकाे नेपालमा कार्यक्रम

नेपाली क्रिकेटलार्इ उच्चस्तरिय सर्पाेर्ट गर्ने उदेश्यले फाउण्डेशन खाेलिएकाे हाे। वाटमाेरले १५ दिनसम्म नेपाली टाेलीलार्इ प्रशिक्षण गराउने कार्यक्रम रहेकाे छ। नेपाल क्रिकेट प्लेयर्श एशाेसियसनसँगकाे सहकार्यमा ३२ क्रिकेटरहरूले उनीबाट प्रशिक्षण लिने अवसर प्राप्त गर्नेछन्।
राजधानीमा अायाेजित बल एण्ड ब्याट फाउण्डेशनकाे उदघाटन कार्यक्रममा डेभ वाटमेरलगायत। फाेटाे : भानुसिग्देल। नेपाली क्रिकेट सपाेर्टस् एशाेसियसन।

काठमाडाैं, माघ १०


श्रीलंकालार्इ विश्वविजेता बनाएका प्रशिक्षक डेभ वाटमोर बुधबार नेपाली क्रिकेट टिमलार्इ प्रशिक्षण दिने भएका छन्। बल एण्ड ब्याट फाउण्डेशनकाे अातिथ्यमा काठमाडाैं अाेर्लियका वाटमाेरले साेमबार फाउण्डेशनकाे उदघाटन पनि गरेका छन्। 

नेपाली क्रिकेटलार्इ उच्चस्तरिय सर्पाेर्ट गर्ने उदेश्यले फाउण्डेशन खाेलिएकाे हाे। वाटमाेरले १५ दिनसम्म नेपाली टाेलीलार्इ प्रशिक्षण गराउने कार्यक्रम रहेकाे छ। नेपाल क्रिकेट प्लेयर्श एशाेसियसनसँगकाे सहकार्यमा ३२ क्रिकेटरहरूले उनीबाट प्रशिक्षण लिने अवसर प्राप्त गर्नेछन्।

कार्यक्रममा वाटमाेरले नेपाली खेलाडीहरूकाे प्रतिभा निखार्न अाफ्नाे सम्पूर्ण अनुभव लगाउने बताए। हिमालयकाे देशमा अाफूलार्इ निमन्त्रणा दिएकाेमा अाभार व्यक्त गर्दै उनले नेपाली क्रिकेटकाे भविष्य उज्जवल रहेकाे बताए।  उनले नेपाली खेलाडीको प्रदर्शन सुधार गर्न आफुले सक्दो सहयोग गर्ने र आफ्नो अनुभव पनि बाँड्ने बताए।

कार्यक्रममा सहभागि नेपाली टाेलीका कप्तान पारस खड्काले वाटमाेर जस्ता विश्वका उत्कृष्ट प्रशिक्षकसँग प्रशिक्षण लिन पाउँनु खुशीकाे कुराे भएकाे बताए। उनले भने, ‘वाटमाेरकाे प्रशिक्षकत्वमा हामीले अधिकतम् नयाँ कुरा सिक्ने प्रयास गर्नेछाैं।’ 

आर्इसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको पाचौ राउण्ड अन्तर्गत केन्याविरुद्धको खेलका लागि तयारीमा रहेको नेपाली टोलीलाई सहितका खेलाडीलार्इ उनले प्रशिक्षण दिनेछन्। बल एण्ड ब्याट्स फाउण्डेशनले नेपाली टिमलाई प्रशिक्षणको प्रस्ताव राखेपछि त्यसलाई स्वीकार्दै उनी नेपाल आएका हुन्। 

श्रीलंकामा जन्मिएका वाटमोर सन् १९६२ मा अष्ट्रेलिया गएका थिए। त्यहाँ उनले अष्ट्रेलियाको राष्ट्रिय टिमबाट पनि खेलेका छन्। उनले अष्ट्रेलियाका लागि ७ वटा टेष्ट म्याच पनि खेलेका छन् त्यस्तै सन १९७९ मा एउटा एक दिवसीय खेल पनि खेलेका थिए। 

सन् १९९० पछि उनले कोचिङ करिअर सुरू गरे। त्यसपछि उनले श्रीलंका, बंगलादेश तथा पाकिस्तानी क्रिकेट टीमको प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन्। २०१४ मा उनी जिम्बाबे क्रिकेट टीमको प्रशिक्षकमा नियुक्त भएका थिए। 

१९८८ मा खेलजीवनबाट सन्यास लिँदै उनी कोचिङ क्षेत्रमा प्रवेश गरेका हुन्। श्रीलंकालाई सन् १९९६ को विश्वकप जिताएका उनले श्रीलंकाको क्लब लिनकासिरालार्ई पनि प्रशिक्षण दिँदै राष्ट्रिय च्याम्पियन बनाए। 

सन् २००३ देखि २००७ सम्म यिनले बंगलादेशी टोलीको प्रशिक्षकत्वको जिम्मेवारी सम्हाले। बंगलादेशी क्रिकेटलाई विश्व क्रिकेटमा उदायमान राष्ट्र बनाउन यिनको भूमिका महत्वपूर्ण रह्यो। वाटमोरले सन् २००९ देखि २०१२ सम्म आईपीएलको कोलकत्ता नाईट्स राइडर टिमको प्रशिक्षण पनि सम्हालिसकेका छन्। 

सन् २०१२ मा उनलाई पाकिस्तानी क्रिकेट बोर्डले मुख्य प्रशिक्षकमा नियुक्त गर्यो। पाकिस्तानी टोलीसँगको उनको सम्झौता सन् २०१४ मा सकिए पछि उनले जिम्बावेको टोली सम्हाल्दै आएका छन्। 


 

More form the Internet

loading...