Suvadin, Home

युवराज र धाेनी चम्केपछि भारतद्वारा वान डे शृंखलामा कब्जा

दाेस्राे एक दिवसीयमा युवराज सिंह र महेन्द्रसिंह धाेनीले उत्कृष्ट शतकिय इनिङ खेलेपछि इङ्ग्ल्याण्डविरूद्धकाे एक दिवसीय शृंखलामा भारतले अाफ्नाे पक्षमा परेकाे छ। भारत लगातार दाेस्राे जित निकाल्दै तीन खेलकाे सिरिजमा २-० ले अघि छ। 
अाफ्नाे करिअरकै उत्कृष्ट पारी खेलेका भारतका युवराज सिंह।

काठमाडाैं, माघ ७


दाेस्राे एक दिवसीयमा युवराज सिंह र महेन्द्रसिंह धाेनीले उत्कृष्ट शतकिय इनिङ खेलेपछि इङ्ग्ल्याण्डविरूद्धकाे एक दिवसीय शृंखलामा भारतले अाफ्नाे पक्षमा परेकाे छ। भारत लगातार दाेस्राे जित निकाल्दै तीन खेलकाे सिरिजमा २-० ले अघि छ। 

कटकमा बिहीबार बेलुकी भएकाे खेलमा पाहुना टाेलीलार्इ भारतले १५ रनले पराजित गर्याे। भारतले प्रस्तुत गरेकाे तीन सय ८२ रनकाे लक्ष्य इङ्ग्ल्याण्डका इयाेन माेर्गानले शतकीय इनिङ खेलेपछि खेलमा राेमाञ्चकता थपिएकाे थियाे।

युवराज सिंहले अाफ्नाे करिअरकाे उत्कृष्ट प्रदर्शन गर्दै १ सय ५० रन र उनलार्इ साथ दिएका पूर्वकप्तान धाेनीले १ सय ३४ रनकाे इनिङ खेल्दा भारतले निर्धारित ५० अाेभरमा ८ विकेट गुमाउँदै तीन सय ८१ रन बनाएकाे थियाे। त्यस्तै भारतका केदार यादवले २२ तथा हार्दिक पाण्डयाले नटअाउट १५ रन जाेडे।

इङ्ग्लाण्डका क्रिस वाक्सले ४ र लायम प्लाङकेटले २ विकेट लिए। जवाफी ब्याटिङगमा  इङ्ग्ल्याण्ड निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा तीन सय ६६ रन मात्रै बनाउन सक्यो। उसका कप्तान इयोन मोर्गानले एक सय दुई तथा ज्यासन रोयले ८२ रन बनाए। त्यस्तै, माइन अलीले ५५ र जोए रुटले ५४ रन बनाए बनाउँदै खेल राेमाञ्चकतातर्फ धकेले पनि हार टार्न सकेनन्। 

भारतका रविचन्द्रन आश्विनले तीन तथा जसप्रित बुमराहले दुई विकेट लिए। यसपछि बाँकी एउटा एक दिवसीयसँगै भारत र इङ्ग्ल्याण्डबीच दुई वटा  ट्वेन्टी–ट्वेन्टी खेल पनि हुनेछ ।

यस्ताे थियाे म्याच हाइलाइट्स:-

India 381 for 6 (Yuvraj 150, Dhoni 134, Woakes 4-60) beat England 366 for 8 (Morgan 102, Roy 82, Moeen 55, Root 54, Ashwin 3-65) by 15 runs


 

More form the Internet

loading...