Suvadin, Home

मधुमेहबाट कसरी बच्ने?

ग्लुकोजबाट शक्ति उत्पादन हुने कार्य शरीरमा करोडौंको संख्यामा रहेका सेल्सहरु( कोशिकाहरू) भित्र रहन्छ। ग्लुकोजलाई रगतबाट कोशिकाहरूभित्र प्रवेश गराउन इन्सुलिन नामक हर्माेनको आवश्यकता पर्छ। इन्सुलिन पेटको प्यान्क्रियाज नामक ग्रन्थीले उत्पादन गर्छ। यो ग्रन्थी रोगले ग्रस्त भएपछि आवश्यक मात्रामा इन्सुलिन उत्पादन हुन सक्दैन। फलस्वरुप ग्लुकोज कोशिकाहरु भित्र प्रवेश हुन नसकि रगतमै थुप्रिएर बढ्दै जान्छ।
photo http://cdn.images.express.co.uk

चिनी रोगको नराम्रो पक्ष साना ठूला सबै रक्तनलीहरु प्रभावित हुन्छ। क्रमिक रुपमा रक्क्तनलीहरु साँघुरिँदै जान्छन् र सुक्न थाल्छन्। फलस्वरुप विभिन्न महत्वपूर्ण अङ्गहरूमा रक्तप्रवाह घट्न जान्छ। रक्तप्रवाहमा अत्यधिक कमी भएको खण्डमा मस्तिष्कघात, दृष्टिघात, मिर्गौलाघात आदि अवस्था उत्पन्न गराएर मृत्युको मुखमा पुर्याउने हुँदा यो रोगलाई मन्द खालको हत्याराको संज्ञा दिने गरिएको छ।

मधुमेहलाई चिनी रोगको नामबाट चिनिन्छ। संसारमा यो रोगको भयावह तस्बिर सार्वजनिक भइसकेको छ। विश्वमा ४ अर्ब २२ करोड मान्छेहरू मधुमेहबाट पीडित छन्। सभ्यताको विकाससँगै मानिसले अपनाएको आधुनिक जीवनशैली, अनियन्त्रित खानपान, औषत आयुमा बृद्धिजस्ता कारणले यसका रोगी दिनानुदिन बढेको पाइन्छ।

आर्थिक रुपमा सम्पन्न तथा चालीस वर्षभन्दा माथिका उमेर समूहका व्यक्तिहरू पीडित हुने गरेको भएपनि पछिल्लो समय मध्यम आय भएका तथा शरीर सन्तुलनमा राख्नेहरू पनि यो रोगको शिकार भएको पाइएको छ। नेपालमा पनि मधुमेहको रोगीहरू वर्षेनी बढेको पाइएको छ। 

अनावश्यक तनाव, चोटपटक, आन्तरिक तथा बाह्य विविध कारणहरुले गर्दा पनि चिनी रोग लाग्ने गर्दछ। वंशजको हिसाबले पनि यो रोग लाग्ने बढी सम्भावना रहन्छ। 

साधारणयता हामीले खाएको खाना शरीरभित्र ग्लुकोजमा परिर्वतन हुन्छ। मानव शरीरको प्रमुख शक्तिको स्रोत ग्लुकोज हो। शरीरका सबै अङ्गहरूलाई जीवित राख्न ग्लुकोजको अवाश्यकता पर्छ।

ग्लुकोजबाट शक्ति उत्पादन हुने कार्य शरीरमा करोडौंको संख्यामा रहेका सेल्सहरु( कोशिकाहरू) भित्र रहन्छ। ग्लुकोजलाई रगतबाट कोशिकाहरूभित्र प्रवेश गराउन इन्सुलिन नामक हर्माेनको आवश्यकता पर्छ। इन्सुलिन पेटको प्यान्क्रियाज नामक ग्रन्थीले उत्पादन गर्छ। यो ग्रन्थी रोगले ग्रस्त भएपछि आवश्यक मात्रामा इन्सुलिन उत्पादन हुन सक्दैन। फलस्वरुप ग्लुकोज कोशिकाहरु भित्र प्रवेश हुन नसकि रगतमै थुप्रिएर बढ्दै जान्छ।

अनि पिसाबबाट बाहिरिन्छ। शक्ति उत्पादनमा प्रयोग हुने ग्लुकोज त्यतिकै खेर जान्छ। फलस्वरुप मानिस शक्तिविहीन अवस्थामा पुग्छ। यस्तो अवस्थालाई चिनी रोग लागेको भनिन्छ। रगतमा धेरै ग्लुकोज जम्मा भएपछि मुख सुक्ने, तिर्खा लाग्ने र पिसाब धेरै लाग्ने लक्षण देखापर्छ।

बिहान खाली पेटमा (फास्टिङ) रगत जाँच्दा यदि ११० मिलिग्राम भन्दा बढी देखियो भने ब्लड सुगर बढेको मानिन्छ।  यदि ११० देखि १४० मिलिग्रामको बीचमा देखियो भने मधुमेह रोग लाग्ने सम्भावना बढी भएको मानिन्छ। भने १४० मिलिग्रामभन्दा बढी फास्टिङ ब्लड सुगर देखियो भने डाइबिटिज अर्थात् मधुमेह लागेको प्रमाणित हुन्छ। रगतमा ग्लुकोजको मात्रा १८० भन्दा बढी भएको अवस्थामा पिसाब जाँचेर पनि डाइबिटिज भए नभएको पत्ता लगाउन सकिन्छ। एउटा स्वस्थ्य व्यक्तिको रगतमा ग्लुकोजको मात्रा ७० देखि ११० मिलिग्रामको बीचमा रहन्छ भने खाना खाएपछि दुर्इ घण्टामा जाँच्दा यो १४० मिग्रासम्म पुग्छ। 


सामान्यतया चिनी रोग दुई प्रकारका हुन्छन्। इन्सुलिनमा आश्रित हुने चिनी रोग र इन्सुलिनमा आश्रित नहुने चिनी रोग। इन्सुलिनमा आश्रित हुने चिनी रोगका लक्षणहरू अचानक देखा पर्दछन्। यस प्रकारको चिनी रोग धेरैजसो दुब्ला-पातला र कम उमेरका व्यक्तिमा देखर्छ। यस प्रकारको चिनी रोगमा इन्सुलिन सुईको प्रयोगबाट मात्र रोगीको रगतमा रहेको अत्यधिक चिनीलाई नियन्त्रणमा राख्न सकिन्छ। 

यो रोग लागेपछि साना ठूला सबै रक्तनलीहरु प्रभावित हुन्छ। क्रमिक रुपमा रक्क्तनलीहरु साँघुरिँदै जान्छन् र सुक्न थाल्छन्। फलस्वरुप विभिन्न महत्वपूर्ण अङ्गहरुमा रक्तप्रवाह घट्न जान्छ। रक्तप्रवाहमा अत्यधिक कमी भएको खण्डमा मस्तिष्कघात, दृष्टिघात, मिगौला फेल आदि अवस्था उत्पन्न गराएर मृत्युको मुखमा पुर्याउने खतनाक रोग भएकाले चिनीरोगलाई मन्द खालको हत्याराको संज्ञा दिने गरिएको छ।
 

मधुमेहका कारणहरु 

१.निष्क्रिय जीवन पद्धति 

घरमै बसिरहने र उचित मात्रामा शारीरिक अभ्यास नगर्दा इन्सुलिनले राम्रो काम गर्न नसकी यो रोग लाग्छ।

२. मोटोपन 

मोटो व्यक्तिमा चिनीको रोगको खतरा बढी हुन्छ। यस्ता व्यक्तिहरुमा खाना खाने बितिकै प्यान्क्रियाज ग्रन्थीले प्रशस्त मात्राम इन्सुलिन बनाउँछ। यसरी प्यान्क्रियाजले निरन्तर रुपमा धेरै कार्य गर्नुपर्दा यो थकित हुन्छ र चिनीको रोग उत्पन्न गराउँछ।

३.खानामा प्रोटिनको अभाव र कुपोषण 

खाद्य पदार्थमा प्रोटिनको मात्रा ज्यादै कम हुन गएमा प्यान्क्रियाज ग्रन्थिको कार्यक्षमतामा ह्रास आउँछ र चिनी रोग देखापर्दछ।  यो कारणले प्रायः गरेर नबजात शिशु तथा बाल्यकालका केटाकेटीहरुमा चिनी रोग लाग्न सहयोग पुर्याउँछ।  

 


४.अत्यधिक रक्सी सेवन 

 बढी मात्रामा रक्सी पिउनाले पनि प्यान्क्रियाजको बेटा कोषको कार्य क्षमतामा निस्क्रियता आउँछ र चिनी रोगको लक्षणहरु देखा पर्दछ।

५.विषाणुको संक्रमण  

रुवेला भाइरस, मम्र्स भाइरस लगायतका भाइसको कारणले प्यान्क्रियाजमा संक्रमण भई मधुमेह रोग लाग्छ।

६.औधषिको असर

औषधिको सेवनले बेटा कोषमा प्रतिकूल प्रभाव पार्दछ। महिलाहरुले प्रयोग गर्ने परिवार नियोजनको चक्की, कर्टिकोस्टीरोवाईड र थायजाइड प्रकारका पिसाब ज्यादा गराउने चक्की आदिको सेवन गर्दा पनि चिनी रोग उत्पन्न गराउन मद्दत गर्दछ। 
 

लक्षणहरु 

  • प्यास धेरै लाग्नु। 
  • पिसाब धेरै हुनु।
  • भोक धेरै लाग्नु।
  • शरीरको तौल घट्दै जानु।
  • कमजोरीको महसुस हुनु।
  • छालासम्बन्धी रोगहरु बारम्बार भइरहनु।
  • शरीरमा छाला सुख्खा र चिलाउनु ।
  • रोगी मुर्छा पर्नु।
  • आँखा धमिलो हुनु। हात खुट्टा झमझम गर्नु 
  • पिसाब गरेको ठाउँमा कमिला अाउनु। 
  • बारम्बार छातीको इन्फेक्सन हुनु ।

मधुमेहका खतरनाक परिणामहरु

  • हृदयाघात 
  • पक्षघात
  • किडनी फेल
  • अन्धोपना  
  • हात गोडाको कुनै भाग कुहिएर काट्नु पर्ने स्थिति 

मधुमेह रोगीले ध्यान दिनु पर्ने कुराहरु 

  • खाना, शारीरिक  श्रम  र औधषीको मात्रा एक दम ठीक तरिकाले सन्तुलनमा राख्ने।
  •  निश्चितरुपले तोकिएको खाना तोकिएको मात्रामा क्लारोरीको हिसाबमा तोकिएको समयमा खाने।
  •  ध्रुमपान नगर्ने।
  • शारीरिक तौल ठीक राख्ने।
  • प्रत्येक महिना रगतमा ग्लुकोजको मात्रा जाँच्ने। प्रत्येक ६÷६ महिनामा मुटु मिगौला र आँखाको परीक्षण गर्ने।
  • चक्कर लाग्ने, मुटु हल्लिने, चिसो पसिना आउने रगतमा ग्लुकोजको मात्रा कम भएर हुन सक्छ । यस्तो अवस्थामा तुरुन्त गुलियो पदार्थ खानुपर्छ। रगतमा आवश्यकताभन्दा कम ग्लुकोज भएमा ज्यानको खतरा पनि हुन सक्छ।
  • विशेषज्ञ चिकित्सकको सल्लाह अनुसार समयमा उपचार गर्ने।

(हृदयरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीसँग गरिएको कुराकानीमा आधारित)
 

प्रस्तुति : गोविन्द लुइँटेल     


 

More form the Internet

loading...