Suvadin, Home

यी हुन् विश्व खेलकुदका सर्वाधिक ‘हट’ महिला खेलाडीहरू

विश्वका ‘हट’ खेलाडीहरू।

काठमाडाैं, पुस २९


यस अालेखमा हामी विश्वका खेल क्षेत्रका सुन्दरीहरूकाे बारेमा जानकारी गराउँदैछाै। जसले अाफ्नाे खेलकाैशल साथसाथै सुन्दरताले अाफ्ना फ्यानहरूलार्इ कामुक बनाउँछन्। यीमध्ये कति महिला खेलाडीहरू भने खेल जीवनबाटै माेडलिङमा प्रवेश गरेका पनि छन्। थाहा पाउनुस् विश्वका हट खेल सुन्दरीहरूबारे :

क्यामरन जाेर्डा (फर्मला वान) 


फर्मला वान कारकी डेभलेपरका रूपमा यिनी स्पाेर्टसमा प्रवेश गरेकी थिइन्। पछिल्ला १० वर्षदेखि उनी फर्मला कारकाे रेसरकाे रूपमा प्रतिस्पर्धा गरिरहेकी छिन्। तर, बिडम्बना के छ, भने उनीले फर्मला वान रेसमा हालसम्म कुनै पनि उपाधि जित्न सकेकी छैनन्। तर, उनकाे अाकर्षक शारीरिक बनावटले उनी सधैं मिडियाकाे नजरमा पर्ने गर्छिन्।,

डेनिका पेट्रिक (नेस्कार)


डेनिकाले स्पाेर्टस रेसिङमा सहभागिता जनाउन थालेकाे सन् २००५ देखि हाे। सुरूमा उनी इण्डी कार सिरिजमा कार दाैडाउथिन् भने पछि उनले नस्कार स्प्रिट कपमा सहभागिता जनाउन थालिन्। जहाँ उनले १ सय २४ जनाकाे रेसमा अाफुलार्इ टप १० भित्र पार्न सफल भएकी थिइन्।

जिना करानाे (मार्सलअार्ट)

मार्सल अार्टमा सफल जिवन बिताउने मध्येकी एक हुन, जिना करानाे। उनी अाफ्नाे अाकर्षक लुकसँगै मार्सल अार्टमा पनि अाकर्षक प्रस्तुति दिन खप्पिस मानिन्छन्। मार्सलअार्टबाटै उनले अाफ्नाे माेडलिङ करिअर पनि सुरू गरिन्। हलिउडका चर्चित फिल्महरू फास्ट एण्ड फुरियस तथा हेवाएर मा पनि उनी देखिएकी थिइन्। 

माइकल जेनकी (हर्डलर)


यिनले सन् २०१२ काे जुनियर हर्डलर च्याम्पियनसिपमा सहभागिता जनाएकी थिइन्। त्यतिबेला नै उनकाे साैन्दर्य इन्टरनेटमा भाइरल बनेकाे हाे। तलकाे भिडियाेले उनकाे बारेमा थप जानकारी दिन मद्दत गर्नेछ। उनले युथ अाेलम्पिकमा सिल्भर मेडल पनि जितेकी छिन्। त्यसपछि भने उनी माेडलिङ क्षेत्रमा अाकर्षित हुँदै गइन्। 

स्कार्इलर डिग्गिन्स (बास्केटबल)


अमेरिकामा यिनी बास्केटबलकी निकै राम्री खेलाडीमा गनिन्छन्। यिनले विग इष्ट प्लेयर अफ द र्इअर २०१२ र १३ पनि जितेकी थिइन्। 

लिर्यर्न फर्न्काे (ज्वावलिन थ्राे) 


पराग्वेकी यी खेलकुद सुन्दरीकाे चर्चा सन् २००८ मा भएकाे बेइजिङ अाेलम्पिकबाट भएकाे थियाे। यिनी साे अाेलम्पिककी सर्वाधिक हट महिला रहिन्। अाेलम्पिकमा यिनकाे प्रदर्शन खासै असरदार नरहे पनि अाफ्नाे अाकर्षक लुकका कारण यिनी चर्चामा रहिरहिन्। 

र्इग्विनी बाेचार्ड (टेनिस) 


यिनी ‘जिन्नी’ काे नामले बढी चर्चित छिन्। यिनलार्इ टेनिसमा दाेस्री सारापाेभा पनि भनिन्छ। क्यानडाकी यिनले गत बर्ष भएकाे वाेम्बिल्डन महिला टेनिस च्याम्पियसकाे फाइनलमा प्रवेश गरेर विशेष चर्चा बटुलिन्। हाल उनी विश्व टेनिसकाे महिला सूचीकाे २६ अाैं स्थानमा छिन्। 

सिल्जी नाेरेडल (स्नाे बाेर्डर) 


नर्वेकी सिल्जी त्यहाकी व्यावसायिक स्नाेबाेर्डरकी खेलाडी हुन्। उनले युराेपियन विन्टर एक्स गेम २०१३ मा स्वर्ण पदक पनि जितेकी थिइन्। जसले उनलार्इ सन् २०१४ काे विन्टर अाेलम्पिकमा सहभागिता दिलायाे। तर, अाेलम्पिकमा भने उनकाे प्रदर्शन सम्झन लायक रहेन। 

जिनाेली फिलिग्ना(फुटबलर) 



विश्वकी सबैभन्दा हट महिला खेलाडीकाे सूचीमा धेरैले लिने नाम हाे, जिनेली फिलिग्रा। उनले सन् २०१५ मा क्यानडामा भएकाे महिला विश्वकपमा सहभागिता जनाएकी थिइन्। उनी अाफू पनि क्यानडाकी नै हुन्। 

विएटरिज रिकरी (गल्फ) 


यिनी स्पेनकी बासिन्दा हुन्। उनले बाल्यकालदेखि गल्फ खेल्न सुरू गरेकी थिइन्। पहिलाेपल्ट गल्फकाे स्टिक समात्दा उनी भर्खर ९ वर्षकी मात्र थिइन्। त्यसपछि उनी निरन्तर विभिन्न गल्फ प्रतियाेगिताहरूमा सहभागिता जनाउँदै अाएकी छिन्। 

 क्लर्इर विड्ज (स्नाेबाेर्डर) 

स्नाे वर्डरकी अर्की सुन्दरी हुन्, क्लर्इरयिनले सन् २०१४ काे विन्टर अाेलम्पिकमा अमेरिकन स्नाे बर्डर टिमबाट सहभागिता जनाएकी थिइन्। अमेरिकाकाे काेलाेराडाे राज्यकी यिनी पछिल्ला वर्षहरूमा यस खेलकी प्रखर प्रतिद्वन्द्वीकाे रूपमा देखिएकी छिन्। 

अन्ना सिडाेराेभा (कर्लिंङ)

कर्लिङ खेलकी यि सुन्दरीले फिगर स्केटर खेलबाट अाफ्नाे खेल जीवन सुरू गरेकी थिइन् तर पछि चाेटका कारण पछि यिनी कर्लिङमा अाइन्। यिनले सन् २०१४ काे साेची अाेलम्पिकमा रसियल कर्लिंङ टिमकाे नेतृत्व गरेकी थिइन्। 

 मारिया किरिलिन्काे (टेनिस) 


यिनी रसियन टेनिस खेलाडीहरू हुन्। युवा अवस्थादेखि नै व्यावसायिक टेनिसमा प्रवेश गरेकी भए पनि अन्तर्राष्ट्रिय प्रतियाेगिताहरूमा यिनी असरदार देखिएकी छैनन्। 

टीना मजे (अल्पार्इन स्किङ) 

खेल करिअरमा सफल खेल सुन्दरीमध्येकी यिनी एक हुन्। स्लाेभानियाकी यिनले सन २०१४ काे साेची अाेलम्पिकमा दुर्इ वटा स्वर्णपदक जितेकी थिइन्। साे अाेलम्पिकमा उनी अाफ्नाे ट्यालेन्टेडका कारण मात्रै हैन, साैन्दर्यका कारण पनि चर्चामा रहिन्। 

सिरा ब्लेयर काेयल्ला (रक क्लार्इम्बर)


ठाडाे चट्टान चढ्ने अाँट जाे सुकैले गर्दैनन् तर यी युवतीले भने चट्टान चढेरै विश्वमा ख्याति कमाइन्। अरिजाेनकी उनी व्यावसायिक रक क्लाइम्बर हुन्। 

बाेर्लअर अाे निल (गल्फ) 


विश्वकी हट गल्फरहरूकाे सूचीमा यिनकाे नाम अग्रस्थानमा अाउँछ। यिनी गल्फरसँगसगै माडलिङ पेशामा पनि अावद्ध छिन्।

(एजेन्सीकाे सहयाेगमा)


 

More form the Internet

loading...