Suvadin, Home

एमालेले भन्यो‚ ‘संशोधन विधेयक फिर्ता नभएसम्म संसद अवरोध हट्दैन’

शुभदिन संवाददाता 

काठमाडौं, पुस ४ 

तराई-मधेसको माग सम्बोधन गर्न सरकारले व्यवस्थापिका संसदमा दर्ता गराएको संविधान संशोधन विधेयक फिर्ता नलिएसम्म एमालेले संसद अवरोध जारी राख्ने भएको छ। 

सिंहदरबारमा बसेको प्रमुख तीन राजनीतिक पार्टीहरूको बैठकमा एमालेले आफ्नो अडान यथावत् राख्दै संशोधन विधेयक फिर्ता लिन सरकारलाई दबाब दिइरहने जानकारी दिएको हो। 

प्रमुख प्रतिपक्षी दल एमाले उपाध्यक्ष वामदेव गौतमले संविधान संशोधन प्रस्ताव फिर्ता नभएसम्म संसदको गतिरोध जारी राख्ने अडानबाट पछि हट्न नसकिने स्पष्ट पारे। उनले असंवैधानिक तवरले आएको संविधान संशोधन प्रस्तावको विरोधमा सबै खालका गतिविधि अघि बढाउनु पर्ने अवस्था आएको पनि उल्लेख गरे। 
 
संसदको गतिरोध अन्त्य गर्न सभामुख घर्तीले सोमबार प्रमुख दलसँग छलफल गरेकी थिइन्। सभामुख घर्तीसामु प्रमुख प्रतिपक्षी दल एमालेसहित कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरूले दुई दिनभित्र सहमति गर्ने ओठे प्रतिवद्धता भने जनाएका छन्। 

छलफलमा सत्ता पक्ष र प्रतिपक्ष संविधान संशोधन प्रस्ताव फिर्ता लिने नलिने आ-आफनै अडानमा कायम रहे पनि वार्तामार्फत समस्या समाधान गर्न भने सहमत देखिएका हुन्।

एमाले उपाध्यक्ष वामदेव गौतमले संविधान संशोधन प्रस्ताव फिर्ता नभएसम्म संसदको गतिरोध जारी राख्ने अडानबाट पछि हट्न नसकिने स्पष्ट पारे। उनले असंवैधानिक तवरले आएको संविधान संशोधन प्रस्तावको विरोधमा सबै खालका गतिविधि अघि बढाउनु पर्ने अवस्था आएको पनि उल्लेख गरे।     

 

 

 

 

 

 

 

 

बैठकको सुरूमै प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचनमा जान पनि संविधान संशोधन प्रस्ताव ल्याउनुपरेको भन्दै विपक्षी एमालेलाई सरकारको बाध्यता बुझिदिन आग्रह गरेका थिए। जवाफमा एमाले अध्यक्ष केपी ओलीले संविधान संशोधन राष्ट्रघाती भएको भन्दै फिर्ता नभई अघि बढन नसकिने अडान राखेका थिए। 

बैठकमा नेताहरुले आ-आफ्नै अडान राखे पनि दुई दिनभित्र समस्या समाधान हुनेगरी वार्तामा बस्ने सहमति भएको नेकपा माओवादी केन्द्रका नेता एवम् उप-प्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले जानकारी दिए। 

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान संशोधन प्रस्ताव, निर्वाचनको मिति घोषणा लगायतका विषयमा प्याकेजमै सहमति गर्नका लागि संवाद प्रक्रियालाई तीव्रता दिने सहमति भएको प्रतिक्रिया दिए। 

सत्तारुढ कांग्रेस र माओवादी केन्द्रले संविधान संशोधन प्रस्तावलाई संसदको कार्यसूचीमा राखी छलफल अघि बढाउने तयारी गरेका छन्। उनीहरूले निर्वाचनमा जानका लागि मधेसवादी दललाई साथमा लिनुपर्ने भएकाले पनि संविधान संशोधन प्रस्ताव ल्याउनुपरेको स्पष्टिकरण पनि दिँदै आएका छन्।


 

More form the Internet

loading...