Suvadin, Home

जनताको भरोसा नेपाल प्रहरीमाथि : अर्याल

उपेन्द्रकान्त अर्याल।

काठमाडौं, पुस ११


नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालले अबको प्रहरी जनताको विश्वास र भरोसाको केन्द्रबिन्दु बन्नु पर्नेमा जोड दिएका छन्।

महानिरीक्षक अर्यालले जनतासँग सुमधुर सम्बन्ध कायम नगरी नेपाल प्रहरीले आफ्नो कर्तव्य निर्वाह गर्न नसक्ने स्पष्ट पारेका हुन्।

ललितपुरको मंगलबजारमा निर्मित महानगरीय प्रहरी प्रभागको भवन उद्घाटन गर्दै उनले प्रहरीलाई जनताले त्रासको रुपमा लिने गरेको स्वीकारेका छन्।

‘अब नेपाल प्रहरी जनताको सबैभन्दा भरोसायोग्य विश्वास पात्र बन्नु पर्नेछ’, उनले भने।

अर्यालले जनताको विश्वास जितेर मात्रै अपराध अनुसन्धानसहित समाजमा शान्ति सुव्यवस्था कायम राख्न सफल हुने धारणा राखे। 

अपराध अनुसन्धानको कामलाई अझै प्रभावकारी ढंगले सञ्चालन गर्नका लागि ललितपुरको मंगलबजारमा महानगरीय प्रहरी प्रभाग कार्यालय स्थापना गरिएको हो।

भवन निर्माणमा स्थानीय जनताको सहयोग उल्लेख्य मात्रामा रहेको नेपाल प्रहरीले जनाएको छ।


 

More form the Internet

loading...