Suvadin, Home

आइएमएस माेटर्स् शोरुमको भव्य उद्घाटन

शोरुमको उद्घाटन नेपालका लागि रिपब्लिक अफ कोरियाका राजदूत चो यंग–जिनले गरेका थिए भने आइएमएस ग्रुपका अध्यक्ष दीपक मल्होत्रा, प्रेसिडेन्ट तथा सिइओ दीकेश मल्होत्राले उनको साथ दिएका थिए ।

काठमाडौं, पुस ३

मोबाइल सेग्मेन्टमा नेपालकै एक नम्बर कम्पनी आइएमएस ग्रुपले आइएमएस माेटर्स्मार्फत कोरियाको प्रिमियम लक्जरी एसयुभी साङयङका उत्कृष्ट गाडीहरुको अब आइएमएस मोटर्स्काे एक्स्क्लुजिभ शोरुम काठमाडौंको नक्सालमा साङयङ शोरुममाबाट बिक्री वितरण गर्ने भएकाे छ।

शोरुमको उद्घाटन नेपालका लागि रिपब्लिक अफ कोरियाका राजदूत चो यंग–जिनले गरेका थिए भने आइएमएस ग्रुपका अध्यक्ष दीपक मल्होत्रा, प्रेसिडेन्ट तथा सिइओ दीकेश मल्होत्राले साथ दिएका थिए। उक्त कार्यक्रममा मिडियाक्षेत्रका साथीहरु तथा चर्चित व्यावसायिक घरानाहरुका उच्च पदाधिकारी साथै सेलिब्रिटीहरुको पनि सहभागिता थियो।

उक्त शोरुमको उद्घाटनको खुसीयालीसँगै आउँदो क्रिश्मस तथा नयाँ वर्ष २०१७ को उमँग मनाउन कम्पनीले आफ्ना ग्राहकहरुका लागि आइएमएस मोटर्स् मार्फत साङयङका गाडीहरुका खरिदमा ५ लाखसम्मको नगद छुटको व्यवस्था समेत गरेको छ। उक्त अफर १८ डिसेम्बर २०१६ देखि ६ जनवरी २०१७ सम्म लागू हुने कम्पनीले जनाएको छ ।

कोरियाका राजदूत चो यंग–जिनसँग सामुहिक तस्बिर खिचाउँदै आइएमएस मोटर्सका समूह।


आइएमएस मोटर्सकाे  शोरुम शहरको केन्द्रीय भाग नक्सालमा प्रशस्त पार्किङ्ग स्पेशसहित अवस्थित छ। सो स्टेट–अफ–आर्ट शोरुममा ग्राहकहरुलाई विशिष्ठ सेवा पुर्याउन उन्नत तालिम प्राप्त स्टाफ तथा अन्य सेवाहरुको उपस्थिति रहेको छ। यसैगरी, आइएमएस मोटर्स्ले नेपालका मुख्य सहरहरूमा आफ्ना डिलर बढाएर झनै विस्तारित हुने योजना बनाएको छ। 

निकट भविष्यमा कम्पनीले एक्स्क्लुजिभ साङयङ सर्भिस सेन्टरको सुरुवात गर्ने समेत योजना बनाएकाे । हाल साङयङका विभिन्न स्थानमा पाँच वटा आधिकारिक सर्भिस सेन्टर छन्।  

साङयङ मोटर कम्पनी चौथो सबैभन्दा ठूलो दक्षिण–एशियाली अटोमोबाइल उत्पादक कम्पनी हो जसलाई कोरियाको एसयूभी एक्स्पर्ट भनेर पनि चिनिन्छ। कम्पनीले विभिन्न मोडलका लक्जरी कार, एसयूभी, पिक–अप ट्रक, भ्यान, ट्रक तथा बसहरु प्रस्तुत गर्दै आएको छ।


 


 

More form the Internet

loading...