Suvadin, Home

 हामीले खाएका बस्तु दाँतमा १० घण्टासम्म रहिराखेमा कुहिएर अम्ल बनी दाँतलाई खाल्टो पर्दछ, र दाँतमा किरा लाग्छ । दाँत र गिजा अस्वस्थ्य भएको खण्डमा मुटु, मृगौला सम्वन्धी रोगको संभावना हुन्छ ।
कसरी दाँतलाई स्वस्थ र चम्किलो राख्ने ?

photo : www.clinicadentalronda.com

 

सफा र मिलेका दाँतले हामीलाई सुन्दर र आकर्षक देखाउँछ । दाँतले हामीलाई सौन्दर्यता प्रदान गर्नुका साथ साथै हाम्रो पाचन क्रियाको पनि काम गरिहेको हुन्छ । हामीले मुखमा खान राखे पछि खानलाई टुक्रयाउँने र पाचनमा सहज पार्ने काम दाँतले गर्दछ । त्यसैले दाँत हाम्रो लागि दिमाग, मृगौला र कलेजो जतिकै महत्वपूर्ण छ । मुखसँगै रहने दात शरीरको मुख्य द्धार पनि भएकाले यसले मानव अतिस्त्वमा समेत भूमिका खेल्छ ।

                                                                                                                                                             

                                                                                                                     दन्त विशेषज्ञ डा. प्रकास बुढाथोकी

एउटा स्वस्थ्य जीवनका लागि दाँत र वरिपरिका तन्तुको स्वास्थ्य पनि राम्रो हुन जरुरी छ । पाचन कार्यमा मात्रै होइन हामीलाई दाँतले शब्द शुद्ध उच्चारण गर्न पनि सघाइरहेको हुन्छ । 
स्वस्थ्य र सुन्दर दाँतले मानिसमा आत्मविश्वास भर्छ । शरीरलाई स्वस्थ्य राख्न पहिले हामीले हाम्रो गिजा र दाँत स्वस्थ्य राख्न सक्नुपर्छ । गिजा दाँतलाई बाँधेर राख्ने काम गर्दछ । यदि गिजा स्वस्थ्थ भएन भने दाँतलाई असर गर्दछ । दाँत र गिजा खराव भयो भने यसले शरीरका सबै ठाउँमा असर पार्न सक्छ । 
 हामीले खाएका बस्तु दाँतमा १० घण्टासम्म रहिराखेमा ती बस्तु कुहिएर अम्ल बनी दाँतलाई खाल्टो पर्दछ, र दाँतमा किरा लाग्छ । दाँत र गिजा अस्वस्थ्य भएको खण्डमा मुटु, मृगौला सम्वन्धी रोगको संभावना हुन्छ । दाँत र गिजाको समस्या भएका मधुमेह रोगीहरुले औषधी खाएर पनि रोग ठीक नहुने अनुसन्धानबाटै पुष्टि भैसकेको छ । 
दाँत किराले खाएको वा गिजा सम्बन्धी समस्या भएको महिलाले बच्चा जन्माएमा बच्चा कम तौलको हुने, महिना नपुग्दै जन्मिने, सुस्त मनस्थितिको बच्चा जन्मिने जस्ता समस्या हुन्छ । त्यसैले बच्चादेखि पाँको उमेरसम्म दाँतलाई सफा र चम्किलो राखिराख्न हामीले केही उपाय उपनाउन जरुरी छ ।

  १ नियमित मुख र दाँतको सफा गर्ने 
 विहान र साँझ खान खाए पछि दाँत माझने गर्नु पर्छ । दाँत माझदाँ नरम ब्रस र फलोराइँणयुक्त मन्जनको प्रयोग गर्नु पर्छ । केही खाने वित्तिकै पानीले मुख कुल्ला गर्नु पर्छ । यस्तो गर्दा दाँतमा फोहोर जम्न पाउँदैन । यदि दाँतका गिजाबाट रगत आउने वा गिजा सम्बन्धी रोग छ भने मन तातो पानीमा नुन राखेर विहान बेलुका सफा गर्दा पनि हुन्छ ।
ठूला व्यक्तिको मात्रै होइन बच्चाको पनि दाँत सफाइमा ध्यान दिनुपर्छ । दुई बर्ष भन्दा कम उमेरको बच्चा छ भने पानीले कपास भिजाएर उसको गिजा नियमित सफा गरिदिनुपर्छ । बच्चा २ बर्ष पुगे पछि चाहिँ नरम ब्रसको प्रयोग गरी दाँत माझन लगाउँनु पर्छ । 
   २ सन्तुलित भोजन खाने 
विस्कुट, केक, पाउरोटी, कार्वाेहाईड्रेड, चकलेट, मिठाइले दाँतलाई असर गर्दछ । हरियो सागपात, रेसायुक्त खानेकुराले दाँत र हडडीलाई बलियो राख्छ । सन्तुलित आहारमा हामीले प्रोटिन, मिनरल, भिटामीन, आदिलाई विशेष जोड दिनु पर्छ । भिटामिन सी पाइने बस्तुले दाँत स्वस्थ्य राख्ने हुदाँ ती बस्तु खानु फाइदाजनक छ । 

३.मध्यपान र ध्रुमपान त्याग्ने 
दाँत स्वस्थ्य राख्न मात्रै होइन शरीरका अंगको स्वास्थ्यमा पनि मध्यपान र ध्रुमपानले असर पार्दछ । त्यसैले मध्यपान र ध्रुमपान गर्ने बानी छ भने त्याग्नु जरुरी छ । 
४. दाँत नियमित जाँच गर्ने 
मुख तथा दाँतमा कुनै समस्या उत्पन्न नभएपनि कम्तीमा बर्षमा एक पटक दन्त चिकित्सक कहाँ देखाउनु पर्छ । 
५. दाँत सही तरिकाले माँझने 
तल माथि विस्तारै ब्रस चलाएर दाँत सफा गर्नु पर्छ । दाँत कसरी सफा गर्ने त्यसबारे ज्ञान छैन भने दन्त चिकित्सक कहाँ गएर दाँत माझने सही तरिका सिक्न सकिन्छ । यदि गलत तरिकाले दाँत माझिएको छ भने त्यसले दाँत र गिजालाई हानी पुर्याउँछ । त्यसैले दाँत माझँदा होस पुर्याउँनु पर्छ । यदि दाँत निकै कसिलो र जोडिएको कारण ब्रसले सफा गर्न गाह्रो भैरहेको छ भने ‘दन्त फल्स’ प्रयोग गरी दाँत सफा गर्न सकिन्छ ।
६. बढी गुलियो, तातो र कडा बस्तु नखाने 
बढी गुलियो, ज्यादै तातो, चिसो र कडा बस्तु खाने गर्दा हाम्रो दाँतलाई नोक्सान गर्दछ । दाँतलाई स्वच्छ र बलियो राख्नुछ भने यस्ता कुरा खादाँ विशेष ख्याल गर्नुपर्छ ।  

(वीर अस्पतालका दन्त विशेषज्ञ डा. प्रकास बुढाथोकीसँग गोविन्द लुइँटेलले गरेको कुराकानीमा आधारित )
 


 

More form the Internet

loading...