Suvadin, Home

केही हजारको लोभमा टियु मैदान खुला नछाडौं

कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदान, संरक्षणको दायित्व कसको हो? नेपालको एक मात्र अन्तर्राष्ट्रिय खेल हुने मैदान, लाखौं समर्थक र हजारौं खेलाडीहरूको सपनाको स्रोत, क्रिकेट पूर्वाधारको एक मात्र कडी। टिम नेपालले यही प्राक्टिस गर्दै टि-२० विश्वकप समेत खेलिसक्यो। अन्य कुरा यथावत रहे अझै केही वर्ष सम्पूर्ण नेपाली क्रिकेटको बोझ यही मैदानले उठाउन पर्ने कुरामा दुर्इमत छैन।
टियु क्रिकेट मैदान।

भानु सिग्देल


कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदान, संरक्षणको दायित्व कसको हो? नेपालको एक मात्र अन्तर्राष्ट्रिय खेल हुने मैदान, लाखौं समर्थक र हजारौं खेलाडीहरूको सपनाको स्रोत, क्रिकेट पूर्वाधारको एक मात्र कडी। टिम नेपालले यही प्राक्टिस गर्दै टि-२० विश्वकप समेत खेलिसक्यो। अन्य कुरा यथावत रहे अझै केही वर्ष सम्पूर्ण नेपाली क्रिकेटको बोझ यही मैदानले उठाउन पर्ने कुरामा दुर्इमत छैन।

यदाकदा आयोजना हुने अन्तर्राष्ट्रिय खेलमा मैदानमा निकै खर्च गरी खेल्न, हेर्न, देखाउन योग्य बनाइने टियु क्रिकेट मैदानको स्वरुप उपरोक्त प्रतियोगिता सकिनासाथ उजाड बनाइने गरिएको छ। व्यापारिक उद्देश्य र प्राइवेट सेक्टरले गर्ने ठूला प्रतियोगिताहरूदेखि लिएर टुँडिखेलमा गर्दा पनि फरक नपर्ने प्रतियोगिताहरु केही हजार रेन्ट तिरेकै भरमा टियु  मैदानमा गर्न दिइनु दुरगामी महत्वको मैदानको दुर्गति हुनुको प्रमुख कारण हो।

केहिी वर्ष हालसालैदेखि मारवाडी कप , एम्बेस्सी कप, इपिएल , रूसलान कप (टिम नेपालको उपकप्तानले गर्ने प्रतियोगिता, जसले समेत मैदान प्रयोग त गर्यो तर फोहोरका अवषेश त्यहीँ छोडेर गयो जुन अपेक्षित थिएन), कर्पोरेट लिग, लिची कप आदि नामका प्रतियोगिताहरू त्यहाँ सम्पन्न भए र केही हुँदैछन्। तर, मैदानबापतको भाडा केही हजार लिँदै, दिँदै लाखौं मूल्य वा अमूल्य मैदान संरचनाहरूमाथि दोहन भइरहेको हामी पाउँछौं। नेपाली क्रिकेटको भविष्यसँग जोडिएको मैदानमाथि  ‘सीमित हजार’ मात्र प्राप्त हुने लालसामा जो पायो त्यहीलाई  प्रतियोगिता गर्न दिँदै  संरचना र स्वरुप बिगार्ने तर सम्रक्षणमा सुको खर्च नगर्ने प्रवृत्तिलाई  बढावा दिनु कति जायज वा नाजायज हो? 

प्रतियोगिता होस् त्यहाँ तर आयोजकले भाडाको साथमा मैदानको पुनर्निर्माणको लागि  समेत योगदान दिन जरुरी छ। जुन फन्ड नै बनाएर राख्न सकिन्छ। संरक्षणको मुल जिम्मेवारी क्यानको थियो। प्लेयर्सदेखि चम्चा, काँटासम्म बेचेर खाए। सस्पेन्सनमा छ। बेवारिसेजस्तै मैदान, हाल आउटफिल्ड कभरको अभावदेखि पानीको समस्या आदिले केन्यासँगको खेलअघि मैदान बगरमा परिणत भइसकको छ। मुख्य दोषी लन्जु, पन्जु प्रतियोगिताको आयोजना गर्ने दिने र गर्नेहरू नै हुन्, जो नि:शुल्कजस्तै मैदान प्रयोग गर्दै अकुत लाभ लिँदैछन्।अब ढिलो नगरी टियु मैदानको संरक्षणको लागि उचित नीति र प्रतियोगिता आयोजना गर्न दिने मापदण्ड नबनाई नहुने भएको छ।

 एभरेष्ट प्रिमियर लिगलाई धन्यवाद।  यो मात्र एक त्यस्तो प्रतियोगिता थियो जसले मैदानको पूर्वाधारको स्तरोन्नति, बाउन्ड्री डोरी,पानीको पाइपहरू, प्लयेर्स बक्स आदि गरेको थियो । ग्राउण्ड राम्रो बनाउन आफैं खर्च गर्यो। इपियलले ग्राउण्डको स्तर बचाउन एक नजिर स्थापित गरेको थियो। 


 

More form the Internet

loading...