Suvadin, Home

आईजीपी नियुक्ति विवादित बनाउन ‘इन्ट्रेस्ट ग्रुप’ लागेको छ : नवराज सिलवाल

पहिलो मैले मेरो आफ्नो व्यावसायिक जीवन पूरै नैतिकताको धरातलमा उभिएर बिताएको छु। व्यावसायिक मूल्य र मान्यतालाई सधैं शिरोधार्य गरेर अगाडि बढेको छु। मुलुक मेरो सधैं प्रथम छ। ममाथि जति पनि आरोप लगाइएका छन्, ती बनावटी हुन्। मैले कहिल्यै कानुनभन्दा बाहिर गएर काम गरेको छैन, कसैलाई आरोप लगाएको छैन। कसैलाई थुनेको छैन, कसैसँग मैले फाइदा लिएको छैन। मेरो जीवन एक प्रकारको नदीजस्तै छ। म पारदर्शी छु। म उज्यालोमा बाँच्ने मान्छे हुँ, मैरो अन्धकार पक्ष छैन।
नवराज सिलवाल।

नवराज सिलवाल


नेपाल प्रहरीमा अबको दुई सातापछि नेतृत्व परिवर्तन हुँदैछ। भावी नेतृत्वको लागि मसहित मेरा साथीहरू प्रकाश अर्याल, जयबहादुर चन्द र बमबहादुर भण्डारीबीच अस्वस्थ प्रतिस्पर्धा भइरहेको भनी टिप्पणी भइरहेकोप्रति ध्यानाकर्षण भएको छ। एकअर्काबीच आरोपप्रत्यारोप र बनावटी लाञ्छनाहरू लगाएर टिप्पणी उठाउने जुन काम भइरहे आपत्तिजनक छ।  

नेपाल प्रहरीको लामो इतिहास छ। यसका आदर्श, मूल्य, मान्यता छन्। यो अनुशासित संगठन हो। केही समययता नेपाल प्रहरीको भावी नेतृत्वको सवाललाई लिएर चार जना प्रतिस्पर्धीको बीचमा विभिन्न किसिमका हल्ला, अफवाहहरू उत्पन्न भइरहेका छन्, फैलाइएका छन्, सोसल मिडियामा र विभिन्न सञ्चारमाध्यमहरूमा ।

भावी प्रहरी प्रमुखको विषयलाई लिएर बाहिर जुन किसिमको हल्ला चलाइएको छ, परिस्थिति देखाउन खोजिएको छ, त्यसले मलाई दुःखित र चिन्तित बनाएको छ। नेपाल प्रहरी संगठनमा काम गर्ने हजारौं जनशक्तिलाई शंकाउपशंका उब्जाइदिएको अवसस्था छ। यो दुर्भाग्यपूर्ण हो। किनभने मेरा साथीहरू पनि एउटा मूल्य मान्यतामा प्रशिक्षित भएर आएका व्यक्तिहरू छन्, उनीहरूले मेरो वा अरु कसैको विरुद्धमा यस्तो गर्छन् भन्ने मलाई लाग्दैन।

भावी आईजीपी नियुक्तिको प्रतिस्पर्धालाई विवादित बनाउन संगठित तरिकाले इन्ट्रेष्ट ग्रुपलागिरहेको छ भन्ने मलाई लाग्छ। यस्तो संगठनलाई अस्वस्थ पार्ने र संगठनलाई कमजोर पार्ने अमर्यादित किसिमको कार्य नगर्न म सबैलाई अनुरोध गर्छु। म आफैंमाथि पनि विभिन्न कपोलकल्पित लाञ्छना लगाइएका छन्, त्यसको म खण्डन गर्न चाहन्छु।

पहिलो मैले मेरो आफ्नो व्यावसायिक जीवन पूरै नैतिकताको धरातलमा उभिएर बिताएको छु। व्यावसायिक मूल्य र मान्यतालाई सधैं शिरोधार्य गरेर अगाडि बढेको छु। मुलुक मेरो सधैं प्रथम छ। ममाथि जति पनि आरोप लगाइएका छन्, ती बनावटी हुन्। मैले कहिल्यै कानुनभन्दा बाहिर गएर काम गरेको छैन, कसैलाई आरोप लगाएको छैन। कसैलाई थुनेको छैन, कसैसँग मैले फाइदा लिएको छैन। मेरो जीवन एक प्रकारको नदीजस्तै छ। म पारदर्शी छु। म उज्यालोमा बाँच्ने मान्छे हुँ, मैरो अन्धकार पक्ष छैन।

बाहिर आएका हल्लाहरूले म दुःखी भएको छु। यस्ता क्रियाकलाप नगरिदिन अनुरोध पनि गर्छु। हामी सधैं मिलेर नै काम गर्छौं। प्रहरी संगठनको आदर्श, मर्यादा छ, हाम्रा अग्रजहरूले स्थापित गरेका मूल्य मान्यताहरू छन्, त्यसलाई अझै सशक्त ढंगले अगाडि बढाउने जिम्मेवारी हाम्रो काँधमा छ। हाम्रोसामु रहेका जिम्मेवारीमा कटिबद्ध भएर, मिलेर काम गर्छौं र आउँदा दिनमा मुलुकमा आइपर्ने चुनौती सामना गर्दै नेपाललाई गौरबशाली राष्ट्र बनाउन आआफ्नो ठाउँबाट योगदान दिन कटिबद्ध छौं।

बाहिर चलिरहेका अफवाहमा नलागीकन स्वस्थ प्रतिस्पर्धामा मेरा साथीहरू लाग्छन् भन्ने कुरामा म पूर्ण विश्वास राख्छु। स्वस्थ प्रतिस्पर्धाबाट मात्र सक्षम नेतृत्व चयन हुन्छ।

(भावी प्रहरी नेतृत्वको विषयमा सिलवालले दिएको अभिव्यक्तिको सम्पादित अंश।)


 

More form the Internet

loading...