Suvadin, Home

अब तीन कराेड जनताले लेख्नेछन्

शुभदिन पाठककहाँ औपचारिक रुपमा आइरहँदा केही सञ्चारकर्मीको समूहमा छ। हाम्रो उद्देश्य शुभदिन सञ्चारकर्मी मात्रले सञ्चालन गर्ने हैन, तीन करोड नेपालीलाई लेख्ने, लेखाउने तथा विचार अभिव्यक्तिमा क्रान्ति ल्याउने हो। तीन करोड नेपाली जब लेख्न सक्ने हुन्छन्, त्यसदिन शुभदिनको समाचार कक्ष भंग हुनेछ र शुभदिनमार्फत जनता आफैंले आफ्नो विचार अभिव्यक्ति पस्किन पाउनेछन्।
खिलानाथ ढकाल।

विशेष सम्पादकीय


‘गोर्खा भन्नु र नेपाल भन्नु उनै गोरखनाथ हुन्। फिरङ्गी भनेको ब्वाँसो हो। जयप्रकाशले यो मुलुक खाया पनि मैले खाया पनि उस्तै कुरा हो,’ राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले कीर्तिपुर आक्रमणताका भनेका थिए। उनले त्यसबेला भनेको उक्त भनाइसँग आजको युग मेल खाँदैन तर इतिहासले हामीलाई एकपटक उनको भनाइ सम्झन भने बाध्य तुल्याउँछ। किनभने उनले एकीकरण गरेको राज्य आज जटिल मोडमा छ। ‘चार वर्ण छत्तीस जातको साझा फूलबारी’ नेपाल आज तिनै वर्ण र जातिबीच विभाजित बन्न पुगेको छ। यही विभाजनमाथि रमाउने चाहने फिरङ्गीहरू यत्रतत्र फैलिन/सल्बलाउन खोजिरहेका छन्, मुलुकलाई तहसनहस पार्न उद्धत छन्।  

पृथ्वीनारायण शाहको भनाइ जोडेर हामीले उनको गुणगान वा गौरबगाथा सुनाउन खोजेका हैनौं। राज्य एकीकरण गरे पनि उनको क्रुर शासनसँग हाम्रो सहमति छैन। न कुनै क्रुर शासनका अवआगन्तुक पक्षपातीसँग हाम्रो विचार, भावना मिल्छ। मात्र जोड्न खोजेको के हो भने आज सिंगो मुलुक संघीयताको रापतापबाट छिन्नभिन्न हुन खोजेको छ, मुलुकमा अस्थिरता पैदा गर्ने चेष्टाबाट स्वार्थहरू लादिन खोजेका छन्, त्यसबाट हामी अनि देश कहाँ पुग्छाैं भन्ने चिन्ता हो।

हो, मुलुक स्वार्थको बन्दी बन्दा अस्थिरता देखिन्छन्, यस्तो अवस्थामा राष्ट्रमाथि चिन्ता राख्नु स्वाभाविक हुनजान्छ। जनता आफैं निर्माता बनेको संविधान आज समस्यै-समस्याको परिबन्धमा छ। संविधान कार्यान्वयन जटिल मोडमा छ, संघीयताको सीमाङ्कन मुद्दा, तराई मधेसका जातजाति हकअधिकार लगायतले मुलुक समस्याको भूमरीमा रुमल्लिएको छ। जनताको सार्वभौम निकाय व्यवस्थापिका संसद आज राजनीतिक स्वार्थको बन्दी बनेको छ। 

यस्तो विषम परिस्थितिमा सचेतपूर्वक हामीले नयाँ सोच, विचार, चिन्तन र धारणामार्फत मुलुकलाई निकास दिँदै समुन्नति तथा अग्रगमनतर्फ धकेल्नु छ। समय र परिस्थिति हो, जसबाट पाठ सिक्दै नयाँ सोच, धारणाको विकास र विस्तार हुँदै जान्छ। हामीले पनि फिरङ्गी सोच, मानसिकता पछार्दै/लतार्दै विचार अभिव्यक्तिमा क्रान्ति ल्याउन परेको छ। 

देश अन्यौलको वादलभित्र मडारिरहेका बखत हामीले सही विचार, सूचना र अभिव्यक्तिको वकालत गर्ने अठोट गर्दैगर्दा विश्वासको संकट उत्पन्न हुन सक्छ। तर, हाम्रो दृढतामा कहिल्यै विचलन आउने छैन। हाम्रो अठोट तीन करोड नेपालीको आवाज र भावना हो। हामीले तीन करोड नेपालीलाई आफ्नो आवाज आफैं व्यक्त गर्ने र गर्नसक्ने संकल्प बोकेका छौं। यी तमाम आवश्यकता र परिस्थितिमाथि जुधेर मिडियामा क्रान्ति ल्याउन नै शुभदिन डटकमको जन्म भएको हो। सयौं मिडियाको माझमा आउँदैगर्दा अनेकन चुनौती र बाधाहरू हाम्रोअगाडि पहाड बनेर उभिएका छन्। 

स्मरण रहोस्, शुभदिन डटकम आम अनलाइन मिडियाजस्तो हैन। यो नेपालको पहिलो सोसल मिडिया हो, यस्तो सोसल मिडिया हो जसले समाचार, विचार र अभिव्यक्तिमा क्रान्ति ल्याउने आत्मविश्वास बोकेको छ। शुभदिन पाठककहाँ औपचारिक रुपमा आइरहँदा केही सञ्चारकर्मीको समूहमा छ। हाम्रो उद्देश्य शुभदिन सञ्चारकर्मी मात्रले सञ्चालन गर्ने हैन, तीन करोड नेपालीलाई लेख्ने, लेखाउने तथा विचार अभिव्यक्तिमा क्रान्ति ल्याउने हो। तीन करोड नेपाली जब लेख्न सक्ने हुन्छन्, त्यसदिन शुभदिनको समाचार कक्ष भंग हुनेछ र शुभदिनमार्फत जनता आफैंले आफ्नो विचार अभिव्यक्ति पस्किन पाउनेछन्।

शुभदिन जनतासँग प्रत्यक्ष जोडिन खोजेको छ। आज सञ्चारमाध्यमको जसरी विकास भइरहेको छ तर जनताको आवाज उति सशक्त ढंगले प्रस्तुत हुन सकिरहेको छैन। नेपाली पत्रकारिताको बिडम्बना यो पनि हो। हामीले जनतालाई सिकाउन खोज्यौं, बुझाउन खोज्यौं तर सबै जनताको पहुँचमा हामी पुग्न सकेनौं। त्यसैले, हरेक नेपालीसँग सिधा सम्पर्क राख्न, उनीहरूका विचार, अभिव्यक्ति र भावना साटासाट गर्न सञ्चारजगत पारिवारिक हुनैपर्छ। यसका लागि हामीलाई वैकल्पिक सञ्चारमाध्यमको आवश्यकता पर्यो, यसकारण हामी ‘शुभदिन’ बनेर उदायौं। 

स्मरण रहोस्, शुभदिन डटकम आम अनलाइन मिडियाजस्तो हैन। यो नेपालको पहिलो सोसल मिडिया हो, यस्तो सोसल मिडिया हो जसले समाचार, विचार र अभिव्यक्तिमा क्रान्ति ल्याउने आत्मविश्वास बोकेको छ। शुभदिन पाठककहाँ औपचारिक रुपमा आइरहँदा केही सञ्चारकर्मीको समूहमा छ। हाम्रो उद्देश्य शुभदिन सञ्चारकर्मी मात्रले सञ्चालन गर्ने हैन, तीन करोड नेपालीलाई लेख्ने, लेखाउने तथा विचार अभिव्यक्तिमा क्रान्ति ल्याउने हो। तीन करोड नेपाली जब लेख्न सक्ने हुन्छन्, त्यसदिन शुभदिनको समाचार कक्ष भंग हुनेछ।

आफ्नो दैनिक जीवन, सामाजिक, राजनीतिक, आर्थिक सरोकार, विचार, अभिव्यक्ति सिधै मिडियामा ल्याउन सक्ने क्षमता सबै नेपालीको छैन। त्यो रिक्तता पूर्तिका निम्ति हामी कति सक्षम हुन्छौं त्यो भविष्यले निर्धारण गर्नेछ। यो कठीन छ तर गर्वसाथ भन्न सक्छौं, हामी  आएको यसैका निम्ति हो। अब हामी जनतालाई समाचार लेखाउँछौं, सबै जनतालाई पत्रकार बनाउँछौं। हामीमार्फत जनताले आफ्नो विचार, अभिव्यक्ति सिधै सार्वजनिक गर्न सक्छन्। हरेक विषयवस्तुमाथि सही, सटिक, तीब्र बहस र टिप्पणी गर्न पाउँछन्। हामी खुलेर भन्न सक्छौं, शुभदिनमा हरेक नेपालीले लेख्न पाउँछन्, सही र सन्तुलित समाचार, विचार र दृष्टिकोण पस्किन पाउँछन्। असन्तुलित, खराब र गलत विचारसँग शुभदिनको सम्बन्ध रहन सक्दैन। 

मिडिया स्थापना, सञ्चालन गर्नु ठूलो कुरा हैन, उद्देश्य प्रधान हो। हामीले हाम्रा कार्यभार भन्नैपर्छ, सुनाउनैपर्छ। हामी कुनै वाद, कुत्सित सोच, विचार, मनसाय र हिंसामार्फत राज्यमा बितण्डा मच्चाएको हेर्न सक्दैनौं। राज्य विखण्डन र राष्ट्रियतामाथि धावा बोलेको, गरेको सहन सक्दैनौं। भ्रष्टाचार, गुन्डागर्दीमार्फत समाज र राष्ट्रलाई दूषित पार्ने कार्यमा मौन रहन सक्दैनौं। राज्य सञ्चालन पद्धति, नीति नियम, कानुनमा भएका कमी कमजोरी र असमानतामाथि बहस चलाउँछौं। विकास निर्माण र जनताको जनजीविकासँग खेलवाड गर्ने तत्वहरू खोजीखोजी उदांगो पार्न शुभदिन एक कदम अगाडि हुने छ। समाजमा भए गरेका राम्रा र सकारात्मक पक्षको गुणगान गाउँदा शुभदिनलाई लाज लाग्दैन, तर क्षणिक मनोकांक्षाबाट स्वार्थसिद्ध गर्ने समूह वा तत्वसँग हामी सर्वदा सचेत रहन्छौं। 

हामी कुनै वाद र धर्ममा विश्वास गर्दैनौं। तर, बहुसंख्यक जनताकाे भावनाविपरीत जान सक्दैनाैं। वाद र धर्मका नाममा हुने गरेका ज्यादती भण्डाफोर गर्छौं। जनताको माध्यमबाट भएका परिवर्तन आत्मसात गर्नुलाई आफ्नो कर्तव्य ठान्छौं। श्रमजीवि नागरिकको आवाज, उनीहरूको अधिकार सुनिश्चितता, बिपन्न समुदाय, असहाय, अनाथहरूको कल्याण र महिला सशक्तिकरणमा शुभदिनले सधैं अग्रणी भूमिका खेल्नेछ। जनताको इच्छा, चाहना र प्रेरणा नै हाम्रो मनमष्तिष्क हो। हामी जनताको सार्वभौमसत्ता स्थापित लोकतन्त्रका पक्षपाती हौं। हामीलाई तीन करोड नेपालीको सद्भाव, सहकार्य र सहयोग अपरिहार्य बनेको छ। 

खिलानाथ ढकाल
सम्पादक, शुभदिन डटकम


 

More form the Internet

loading...