Suvadin, Home

पुष्पालाई सिएनएन सुपर हिरोको उपाधि प्रदान

काठमाडौँमा बाल विकास केन्द्र सञ्चालन गर्दे आउनुभएकी बस्नेतले अभिभावकको साथमा जेल जीवन बिताइरहेका बालबालिकालाई शिक्षा, स्वास्थ्य, खानालगायतको सुविधा प्रदान गर्दै आइरहनुभएको छ ।

 

वासिङ्टन डिसी, २७ मङ्सिर ।

नेपालकी पुष्पा बस्नेतले अमेरिकाको प्रतिष्ठित समाचार संस्था सिएनएनले प्रदान गरेको सिएनएन सुपर हिरोको उपाधि प्राप्त गर्नुभएको छ । 

अमेरिकामा आइतबार साँझ आयोजित कार्यक्रममा सन् २०१२ को सिएनएन हिरोको उपाधि प्राप्त गर्नुभएकी पुष्पालाई सुपर हिरो २०१६ को उपाधि दिइएको हो । 

उहाँलाई जिताउन मत अभियान चलाइ रहनुभएका युवा अभियानकर्मी गौरव कँडेलले सो जानकारी गराउनुभएको हो । 

काठमाडौँमा बाल विकास केन्द्र सञ्चालन गर्दे आउनुभएकी बस्नेतले अभिभावकको साथमा जेल जीवन बिताइरहेका बालबालिकालाई शिक्षा, स्वास्थ्य, खानालगायतको सुविधा प्रदान गर्दै आइरहनुभएको छ । उपाधि पाएपछि आफ्नो प्रतिक्रियामा पुष्पाले भन्नुभएको छ, सबैभन्दा महत्वपूर्ण कुरा तपाई आफ्नो कामलाई विश्वास गर्नुहोस् र धैर्य गर्नुहोस् । उहाँले अगाडि थप्नु भएको छ, मेरो सपनालाई सार्थक बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद । 

योसँगै पुष्पाले आफूले सञ्चालन गरिरहनुभएको कामको लागि ५० हजार डलर पनि प्राप्त गर्नुहुनेछ । सिएनएन हिरो छनोटको एक दशकको अवसरमा सिएनएन सुपर हिरो छनोट गरिएको हो । रासस 


 

More form the Internet

loading...