Suvadin, Home

भलिबलको उपाधि स्काई स्पोर्टिङलाई

भलिबल प्रतियोगिता।

टिकाराम थेबे, ताप्लेजुङ, पुस १८


ताप्लेजुङको आम्बेगुदिन गाविसस्थित खाम्दिम्बे जारी संघीय मेलामा आयोजित भलिबल प्रतियोगिताको उपाधि स्काई स्पोर्टिङ क्लब आम्बेगुदिनले जितेको छ। सोमबार सम्पन्न प्रतियोगितामा पाँचथरको नागी दोस्रो र मेहेले गाविसस्तरीय टिम तेस्रो भएका हुन्। 

आयोजक समितिका सचिव दीपेन्द्र माङ्मुका अनुसार जम्मा २२ वटा टिम सहभागी रहेको प्रतियोगितामा उपाधि बिजेता स्काई स्पोटिङले ५१ हजार रुपैयाँ, दोस्रो नागीले ३० हजार र तेस्रो मेहेलेले १५ हजार रुपैयाँ प्राप्त गरेका छन्।

यसैगरी, सांस्कृतिक कार्यक्रम अन्तर्गत नृत्यमा तेल्लोक गाविस पहिलो, मखमली सांस्कृतिक युवा क्लब सिनाम दोस्रो र साब्लाखु तेस्रो भएको आयोजक समिति अध्यक्ष अशिम कुँवरले जनाएका छन्।  गायनमा राज लिम्बू प्रथम भएका छन्।


 

More form the Internet

loading...