Suvadin, Home

पाँच सय किलो तौल भएकी महिलाका लागि विशेष अस्पताल

संसारकै मोटी महिलाको उपमा पाएकी इमान अहमद (५ सय केजी) का लागि विशेष अस्पताल निर्माण हुने भएको छ। ‘वान बेड हस्पिटल’ अवधारणा अनुसार काम भइरहेको हो । निर्माणमा करिब दुर्इ करोड भारु खर्च हुने अनुमान गरिएको छ।
इमान।

काठमाडाैं, पुस २८


संसारकै मोटी महिलाको उपमा पाएकी इमान अहमद (५ सय केजी) का लागि विशेष अस्पताल निर्माण हुने भएको छ। ‘वान बेड हस्पिटल’ अवधारणा अनुसार काम भइरहेको हो । निर्माणमा करिब दुर्इ करोड भारु खर्च हुने अनुमान गरिएको छ।

भारत, मुम्बइको चरनी रोडमा यस्तो अस्पताल बन्ने भएको छ। मिश्रमा बस्ने ती महिला सर्जरीका लागि भारत आउने भएपछि यस्तो तयारी थालिएको बताइएको छ। एक बेडको यो अस्पताल तीन हजार वर्ग फिटमा निर्माण हुनेछ।

यसमा एउटा अप्रेसन थिएटर, एक आइसियु र डाक्टरको कोठा लगायत हुनेछन्। मिश्रमा बस्ने इमान अहमद अहिले ३६ वर्षकी छन्। बितेको २५ वर्षमा उनको घरभन्दा बाहिर पाइला परेकै छैन। उनले मुम्बईका डाक्टर लकडबालालाई ट्वीट गरेर अपरेसन गरिदिनका लागि अनुरोध गरेकी थिइन्।

डाक्टरले विदेशमन्त्री सुष्मा स्वराजसँग मद्दत मागेका थिए। उनले इमानलाई भारत ल्याउन सहयोग रासी समेत संकलन गरेका थिए। (एजेन्सीको सहयोगमा)

 


 

More form the Internet

loading...