Suvadin, Home

नेपाली क्रिकेटमा राष्ट्र र राष्ट्रियतालाई माथि राखौं : छुम्बी लामा

नेपाली क्रिकेटमा प्रशासनिक जिम्मेवारी सम्हालिरहेका छुम्बी लामा सफल प्रशासक मानिन्छन्। नेपाली क्रिकेट समर्थकहरूका लागि समेत प्रिय रहेका छुम्बीको कार्यकाल निर्विवादित रहँदै आएको छ। उनको प्रशासनिक कार्यकौशललाई धेरैले उदाहरणीय मान्दै अाएका छन्।
छुम्बी लामा।

नेपाली क्रिकेटमा प्रशासनिक जिम्मेवारी सम्हालिरहेका छुम्बी लामा सफल प्रशासक मानिन्छन्। नेपाली क्रिकेट समर्थकहरूका लागि समेत प्रिय रहेका छुम्बीको कार्यकाल निर्विवादित रहँदै आएको छ। उनको प्रशासनिक कार्यकौशललाई धेरैले उदाहरणीय मान्दै अाएका छन्।

विश्व क्रिकेट लिग दैलोमै रहेको बेला छुम्बी लामाले बाघको छाला र स्यालको उदाहरण जोड्दै दु:ख व्यक्त गरे। ‘निजी स्वार्थभन्दा माथि उठ्न आग्रह गर्दै उनले राष्ट्र र राष्ट्रियतालाई माथि राख्नुपर्छ,’ उनले आफ्नो स्टाटसमा लेखेका छन्।

उनले यसो लेख्नुको कारण के हुनसक्ला भनेर अनुमान गर्न थालेका छन्। कतिपयले यसो हुनुका पछाडि उनलाई हटाएको हुनसक्ने भनेका छन् त कतिपयले आइसीसीको अनावश्यक हस्तक्षेप रहेको हुन सक्ने अनुमान गरेका छन्। आइसिसिले गरिरहेको खेलाडी छनोट र नामावली प्रकाशित गर्ने सम्मको माइक्रो व्यवस्थापनको बिरोध क्रिकेट समर्थकहरुले गर्दै आएका छन्। यस्तो छ छुम्बी लामाको स्टाटस् :

आज प्रत्यक्ष रुपमा  बोध भयो  अौंला दिँदा डुडुलो निल्न खोज्दो रहेछ । यहॉ बाघको छालामा स्यालले रजाइँ गर्ने मात्र नभएर पूरै छालानै श्यालले आफ्नो भन्दो रहेछ। ती कस्ता  स्वार्थी बाघहरू जो केही स्वार्थपूर्तिका लागि  स्याललाई उक्त छाला  ‘स्यालजी त्यो छाला हजुरकै हो’ भनेर नतमस्तक हुन्छन्। ‘स्वार्थ भन्दा माथि उठेर राष्ट्र र राष्ट्रियतालाई ध्यान दिन जरुरी।’
#सन्दर्भ  :नेपाल क्रीकेट 

यस विषयमा सामाजिक सन्जाल गर्माएको छ। नेपाली क्रिकेट समर्थक समाजका केन्द्रीय अध्यक्ष भानु सिग्देलले प्रतिक्रिया स्वरूप लेखेका छन् :

कडा अभिव्यक्ति : बाघको छालामा १९९६ देखिनै स्यालहरूकै हुइँया चलेकै थियो , फेरि को नयाँ स्यालको सन्तान आएछन्।

 


 

More form the Internet

loading...