Suvadin, Home

कविता:
शुभदिन

।। नौला–नौला प्रविधिसँगमा खेल्न सक्ने समाज ।। ।। उत्कण्ठा ली समय–गतिमा मस्त घुल्ने समाज ।। ।। आकाङ्क्षाको प्रगति तिनमा भेटिने हुन्छ शान ।। ।। राम्रो हाम्रो शुभदिनसँगै खुल्न थाल्यो बिहान ।।।१।।।

ठाकुर शर्मा भण्डारी


नौला–नौला प्रविधिसँगमा खेल्न सक्ने समाज
उत्कण्ठा ली समय–गतिमा मस्त घुल्ने समाज
आकाङ्क्षाको प्रगति तिनमा भेटिने हुन्छ शान
राम्रो हाम्रो शुभदिनसँगै खुल्न थाल्यो बिहान ।१।
 
मान्ने–गुन्ने शुभदिन दिने गर्नुपर्ने छ काम
जान्ने–सुन्ने अविरल चले साथमा हुन्छ याम
यो हो सारा शुभदिनसँगै सर्वदा साथ हुन्छ
यस्तो राम्रो प्रगति सबमा सम्पदा साथ हुन्छ ।२।
 
राम्रो बाटोतिर मन हुने जिन्दगी रम्य पार्छन्
धेरै–धेरैै यस पथतिरै लम्किई स्वर्ग पार्छन्
आपूmलाई सबतिर हुने खालका काम हुन्छन्
मीठो–मीठो शुभदिनसँगै हिँड्नुमा दङ्ग पर्छन् ।३।

सारा राम्रा प्रगति–गति जो देखिने छन् अगाडि
भित्री चाला सहज रसिला कर्मका हुन् पुजारी
साथी–साथी अति गहकिला स्नेह राख्ने हजारौं
भेटिन्छन् है शुभदिनसँगै जिन्दगी यो सपारौं ।४।

जन–मन–धन मानी अग्रगामी बनेर
जन–हृदय समाती भावनामा अडेर
सबसँग सँग साथी प्रेमले गर्छ राज  
शुभदिन शुभ बन्दै लम्किने भो समाज।५।

धुम्बाराही, काठमाडौं। 


 

More form the Internet

loading...