Suvadin, Home

मेरो देशको प्लटिङ

राजनीतिक दलहरु हाउजिङ्ग कम्पनी र पोपर्टी डिलरमा परिणत भएका छन् अनि, नेताहरु नियुक्त भएका छन् त्यस्को प्रोप्राईटरको पदमा, मेरो देशको जमिनलाई धमाधम टुक्र्याइँदै र प्लटिङ्ग गरिंदै छ

मुरारीराज मिश्र


राजनीतिक दलहरु
हाउजिङ्ग कम्पनी र पोपर्टी डिलरमा
परिणत भएका छन्
अनि, नेताहरु नियुक्त भएका छन्
त्यस्को प्रोप्राईटरको पदमा,
मेरो देशको जमिनलाई
धमाधम टुक्र्याइँदै
र प्लटिङ्ग गरिंदै छ
रोपनी–रोपनीको प्लट
स्वायत्त गणराज्यमा।

सवैको भाग पुर्याउँदा
देशको हजारौ टुक्रा हुने भयो
वाईसे–चौविसे मात्रै होईन अब त
प्रत्येक वडा–वडामा एक–एकवटा
स्वायत्त गणराज्य बन्ने भयो।

(लेखकको ब्लगबाट)


 

More form the Internet

loading...