Suvadin, Home

साहित्यकार तथा कलाकार रामशेखरको निधन

साहित्यकार, निर्देशक तथा नेपाली हास्य विधाका सशक्त कलाकार रामशेखर नकर्मीको साेमबार बिहान स्वर्गाराेहण भएको छ। नकर्मीको भक्तपुरस्थित क्यान्सर अस्पतालमा उपचारकै क्रममा निधन भएको हो।
रामशेखर नकर्मी ।

भक्तपुर, फागुन १६ - साहित्यकार, निर्देशक तथा नेपाली हास्य विधाका सशक्त कलाकार रामशेखर नकर्मीको साेमबार बिहान स्वर्गाराेहण भएको छ। नकर्मीको भक्तपुरस्थित क्यान्सर अस्पतालमा उपचारकै क्रममा निधन भएको हो।

लामो समयदेखि क्यान्सरबाट पीडित भक्तपुर नगरपालिका–६ इनाचोक निबासी नकर्मी छ दशक लामाे कला यात्राबाट सदाका लागि विश्राम लिएका हुन्। वि.सं. २०७२ सालकाे भूकम्पले घरमा लडेपछि बृद्धाश्रममा बस्दै आएका नर्कमीकाे निधनले नेपाली कला क्षेत्रमा ठुलाे क्षति पुगेकाे छ।

रामशेखरले छ दशक हास्यव्यंग्य लेखनमै बिताएका थिए। प्रहसनहरुको निर्देशन र अभिनय पनि गरेका थिए। छ दशकयता कला क्षेत्रमा सक्रिय नकर्मीले नेपाल भाषाका टेलिफिल्म, फिल्ममा अभिनय, लेखन तथा निर्देशन गरेका छन्।

उनले कवि दुर्गालाल श्रेष्ठसँग संयुक्त रुपमा नेपालभाषाको फिल्म ‘राजमति’ को लेखेका हुन्। विसं २०११ मा उनले पहिलोपटक ‘समाज सुधार’ शीर्षकको नेपाली नाटकमा अभिनय गरेका थिए।

नेपाल टेलिभिजनबाट प्रसारण भएको नेपाल भाषाको पहिलो टेलिफिल्म १२ बजेकाे लेखक र अभिनेता नकर्मीकाे पर्खाल चलचित्रले जापानमा भएको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘थर्ड फ्युचर अफ एसिया पुरस्कार’ जितेकाे थियो। 

उनले मह जोडीको ‘१५ गते’ र ‘लक्ष्मी’, नवीन सुब्बाको ‘दलन’ तथा ऐतिहासिक पृष्ठभूमिमा बनेको चलचित्र ‘वीर गणेशमान’ मा अभिनय गरेका छन्। नकर्मीका चार छोरा र चार छोरी छन्।


 

More form the Internet

loading...