Suvadin, Home

विश्वकपमा ४८ देश, नेपाललार्इ के फाइदा?

विश्व फुटबल महासंघ फिफाकाे ज्युरिखमा भएकाे काउन्सिल बैठकले मंगलबार विश्वकप फुटबलमा सहभागी हुने १६ देशहरूकाे संख्या थपेकाे छ। यससँगै अब ४८ देशहरूले विश्वकपमा प्रतिस्पर्धा गर्ने भएका छन्।
विश्वकपमा ४८ टाेलीकाे सहभागिताकाे घाेषणा गर्दै फिफा अध्यक्ष जिन्नी इन्फन्टिनाे।

काठमाडाैं, पुस २७


विश्व फुटबल महासंघ फिफाकाे ज्युरिखमा भएकाे काउन्सिल बैठकले मंगलबार विश्वकप फुटबलमा सहभागी हुने १६ देशहरूकाे संख्या थपेकाे छ। यससँगै अब ४८ देशहरूले विश्वकपमा प्रतिस्पर्धा गर्ने भएका छन्।

यसअघि विश्वकपमा ३२ वटा देशहरूले सहभागिता जनाउँदै अाएका थिए। फिफाकाे काउन्सिल बैठकले सन् २०२६ काे विश्वकपबाट ४८ देश विश्वकपमा सहभागी गराउने निर्णय गरेकाे हाे। ४८ देशहरूलार्इ १६ समूहमा विभाजन गरि सहभागिता गराइने बताइएकाे छ। प्रत्येक समूहमा तीन देश रहने तथा समूहका शीर्ष २ टिमबाट अन्तिम ३२ टाेली छनाैट गरिने फिफाले जनाएकाे छ। 

फिफाकाे निर्णयले विश्व फुटबलमा चहलपहल बढाइदिए पनि नेपालका लागि भने तत्कालका लागि साे निर्णय हर्ष न विस्मात भएकाे छ। नेपालले विश्वकप खेल्नका लागि अझै धेरै समय पर्खनु पर्ने प्रशिक्षक बालगाेपाल महर्जन बताउँछन्। पछिल्लाे चरणमा नेपाली फुटबल टाेलीले राम्राे सम्भावना देखाएकाे छ। यही सम्भावनालार्इ कायम राख्दै हामीले अन्तर्राष्ट्रियस्तरकाे अभ्यास, प्रशिक्षण र लगानी गर्न सक्याै भने नेपालले एक दिन अवश्य विश्वकप खेल्ने विश्वास उनले व्यक्त गरे। 


 

More form the Internet

loading...