Suvadin, Home

एमालेसहितका दल अाक्रामक, संविधान संशाेधन राेक्ने 

सत्तारुढ कांग्रेस र माओवादी केन्द्रले विधेयकलाई संसदको कार्यसूचीमा राखी छलफलमा लैजाने तयारी गरिरहेका बेला विपक्ष दलहरू त्यसलाई रोक्ने गरी रणनीति तय गर्न जुटेका हुन्। सोमबार सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बसेको विपक्ष गठबन्धन दलहरूको बैठकले संविधान संशोधन प्रस्तावविरुद्धको आन्दोलनलाई झनै चर्काउने निर्णय पनि गरेका हुन्।

शुभदिन संवाददाता 

काठमाडाैं, पुस ४
 
सरकारले संविधान संशाेधन प्रस्ताव अगाडि बढाउने तयारी गरिरहेका बेला एमालेसहितका विपक्ष दलहरूले संविधान संशोधन विधेयक संसदको कार्यसूचीमा राखिए कडा प्रतिकार गर्ने चेतावनी दिएका छन्। 

सत्तारुढ कांग्रेस र माओवादी केन्द्रले विधेयकलाई संसदको कार्यसूचीमा राखी छलफलमा लैजाने तयारी गरिरहेका बेला विपक्ष दलहरू त्यसलाई रोक्ने गरी रणनीति तय गर्न जुटेका हुन्। सोमबार सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बसेको विपक्ष गठबन्धन दलहरूको बैठकले संविधान संशोधन प्रस्तावविरुद्धको आन्दोलनलाई झनै चर्काउने निर्णय पनि गरेका हुन्।

जनदबाबमार्फत् संविधान संशोधन प्रस्ताव फिर्ता गराउने योजनासहित पुस १७ गते काठमाडौंमा विरोध सभा आयोजना गर्ने निर्णय पनि गरिएको छ। सडक र सदन दुबै ठाउँबाट संविधान संशोधन प्रस्तावविरुद्धको आन्दोलनलाई झनै चर्काउने निर्णय लिइएको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए। उनले संसदमा संविधान संशोधन प्रस्ताव छलफलका लागि पेश भए प्रतिकारमा उत्रने चेतावनी पनि दिए।

संविधान संशोधन प्रस्तावको विरोधमा प्रदेश नम्बर पाँचमा जारी आन्दोलन र देशभर भइरहेको आन्दोलनमा एेक्यवद्धता जनाउन पनि काठमाडौंमा विरोध सभा आयोजना गर्न लागिएको विपक्ष दलहरूले जनाएका छन्। मंसिर १४ गते सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गराएपछि त्यसलाई फिर्ता लिन दबाब दिँदै एमालेसहितका विपक्ष दलहरूले संसद बैठक निरन्तर अवरुद्ध पार्दै आएका छन्। 

उनीहरूले सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव राष्ट्रघाती, जनविरोधी र संवैधानिक प्रावधान उल्टयाउने गरी आएको जिकीर पनि गर्दै आएको छ। विपक्ष दलहरुले निरन्तर संसद बैठक अवरोध गरिरहँदा निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाअभियोग प्रस्ताव संसदमै अलपत्र परेको छ भने निर्वाचन सम्बन्धी विधेयक संसदमा पेश नै हुन सकेको छैन।

More form the Internet

loading...