Suvadin, Home

न्युजिल्यान्डका प्रधानमन्त्रीद्धारा पदबाट राजीनामा


वेलिङ्गटन, २० मङ्गसिर ।
 न्युजिल्याण्डका प्रधानमन्त्री जोन कि ले सोमबार आफ्नो पदबाट अप्रत्याशित रुपले राजीनामा दिएका छन् । बिगत आठ वर्षदेखि सफलतापूर्वक पदभार सम्हाल्दै आई न्युजिल्यान्डमा प्रधानमन्त्री जोन कि ले लोकप्रियता कमाएका थिए । आगामी वर्ष न्युजिल्याण्डमा हुन गैरहेको आम निर्वाचनमा वर्तमान प्रधानमन्त्री जोन फेरी चौथो पटक पनि उठ्ने अडकल धेरैजसो राजनीतिज्ञ तथा आम जनताहरुले गरेका थिए ।
अत्यन्त भावुक भै थरथराएको आवाजमा प्रधानमन्त्रीले आफ्नो राजिनामाको घोषणा गरेपछि सम्पूर्ण मुलुक स्तब्ध भएका छन् ।
तर यस जनभावना बिपरित प्रधानमन्त्रीको राजिनामाको घोषणाले आम जनतालाई अचम्मित तुल्याएको छ  । एपी
 


 

More form the Internet

loading...