Suvadin, Home
Nepal life 3.22M

Suvadin Correspondent

 

First Name : Suvadin Correspondent

Address : Anamnagar, Kathmandu (Nepal) Nepal

Occupation :

Phone : 01-5705910

Published Post By Suvadin Correspondent

राजदूत शेर्पाले छिट्टै राजीनामा दिन्छिन्ः सञ्चारमन्त्री बाँस्कोटा

काठमाडौं, २६ पुस – सूचना, प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई बर्खास्त नगरेको बताएका छन्। बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले राजदूत शेर्पालाई बर्खास्त नगरिएको स्पष्टीकरण दिएका हुन्। उनले राजदूत...
राजदूत शेर्पाले छिट्टै राजीनामा दिन्छिन्ः सञ्चारमन्त्री बाँस्कोटा

बम्जनको आश्रमबाट महात्मा गुरु नियन्त्रणमा

सिन्धुली, २६ पुस – बलात्कार, हत्या तथा बेपत्ताको आरोप लागेका ‘लिटिल बुद्ध’ भनिने रामबहादुर बम्जनको एक आश्रमबाट आज एक महात्मा गुरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  सिन्धुलीको कमलामाई नगरपालिका–८ स्थित पैरे धापसार भन्ने स्थानमा रहेको आश्रममा सिन्धुपाल्चोकबाट आएको प्रहर...
बम्जनको आश्रमबाट महात्मा गुरु नियन्त्रणमा

कारागारमा क्षमताभन्दा तीनगुणा बढी कैदी

भरतपुर, २६ पुस – चितवन कारागार भरतपुरमा क्षमताभन्दा करिब तीनगुणा बढी कैदीबन्दी राखिएको छ। दुई सय ५५ कैदीबन्दी क्षमता रहेको कारागारमा महिला ६७, पुरुष ६२० र पाँच आश्रित बालबालिकासहित ६९२ कैदीबन्दी राखिएको हो।  महिला बन्दीगृहको क्षमता २० जना मात्रै हो, भने पुरुष बन्दीगृहको क्षमता २३५ मात्...
कारागारमा क्षमताभन्दा तीनगुणा बढी कैदी

आयल निगमले हवाई इन्धनको मूल्य घटायो

काठमाडौं, २६ पुस – नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ।  निगमको ४९औँ वार्षिकोत्सव समारोहमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले मूल्य घटाउने सहमति भएको जानकारी दिए।  निगमले बिहीबार राति बाह्र बजेदेखि लागू हुनेगरी हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ...
आयल निगमले हवाई इन्धनको मूल्य घटायो

कङ्गोको राष्ट्रपतिमा विपक्षी नेता फेलिक्स विजयी

किन्सासा, २६ पुस – प्रजातान्त्रिक गणतन्त्र कङ्गोका विपक्षी नेता फेलिक्स शिकेकेडी राष्ट्रपति पदमा निर्वाचित भएका छन्। गृहयुद्धबाट तहसनहस भएको कङ्गोमा १८ वर्षको अवधिमा यो पहिलो सत्ता हस्तान्तरण हो।  राष्ट्रपतिको चुनावमा पटकपटक भएका ढिलाईले अफ्रिकाको यो विशाल एवं गरिब देशमा हिंसात्मक घटना...
कङ्गोको राष्ट्रपतिमा विपक्षी नेता फेलिक्स विजयी

जलवायु परिवर्तनबारे भिडियो प्रविधिद्वारा कक्षा सञ्चालन

काठमाडौं, २५ पुस - त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागले भिडियो प्रविधिको माध्यमबाट जलवायु परिवर्तनबारे कक्षा सञ्चालन गरेको छ। विभागले अमेरिकाको बहाइयो स्टेट युनिभर्सिटीका प्रा लोनी जी थोमसनबाट जलवायु परिवर्तनका विषयमा कक्षा सञ्चालन गर्ने व्यवस्था गरेको छ। केन्द्रीय वि...
जलवायु परिवर्तनबारे भिडियो प्रविधिद्वारा कक्षा सञ्चालन

समृद्धिको सपना पूरा गर्न निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्छ : अध्यक्ष दाहाल

चितवन, २५ पुस - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई प्रोत्साहित र उत्साहित नगरेसम्म समृद्धिको सपना पूरा नहुने बताएका छन्।  चितवन महोत्सवको बुधबार उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले निजी क्षेत्रलाई सकारात्मक ढङ्गले प्रोत्साहित गर्नुपर...
समृद्धिको सपना पूरा गर्न निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्छ : अध्यक्ष दाहाल

सुन चोरीमा संलग्न श्रीमान् श्रीमती पक्राउ

सुर्खेत, २४ पुस – भारतको कर्नाटक राज्यको बैंगलोरबाट सुन चोरीमा संलग्न दुई जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ। कर्णाली प्रदेश प्रहरीको अनुसन्धान ब्यूरोले चोरीमा संलग्न चारमध्ये दुई नेपालीलाई पक्राउ गरेको हो। ब्यूरोले शनिबार कालीकोटको लालुबाट मङ्गल शाही र उनकी श्रीमती सौभाग्य शाहीलाई आज...
सुन चोरीमा संलग्न श्रीमान् श्रीमती पक्राउ

पत्रकार विकलाई रिहा गर्न महासंघको माग

काठमाडौं, २४ पुस – नेपाल पत्रकार महासंघले समाचारको विषयलाई लिएर बझाङबाट सञ्चालित ‘साइपाल’ अनलाइनका सम्पादक गणेश विकलाई रिहा गर्न माग गरेको छ।  आज महासंघका सचिव प्रकाश थापाले विज्ञप्ति जारी गर्दै विकलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति ध्यानाकर्षण जनाउँदै तत्काल रिहा गर्न माग...
पत्रकार विकलाई रिहा गर्न महासंघको माग

सेवाग्राहीसँग घुस खाने वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, २४ पुस – डिभिजन वन कार्यालय म्याग्दी अन्तर्गतको सवडिभिजन वन कार्यालय मंगलाघाटमा कार्यरत कार्यरत सहायक वन अधिकृत राजकुमार ठाकुरविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ। ठाकुरले काठ कटानी सम्बन्धी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिएको भेटिएपछि अख्तियारको टोल...
सेवाग्राहीसँग घुस खाने वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

ए डिभिजन लिग : मनाङले आठौं पटक जित्यो उपाधि

काठमाडौं, २४ पुस – शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत यो सिजनको लिगको उपाधि आठौं पल्ट मनाङ मर्स्याङ्दी क्लबले जितेको छ। मनाङले लिग अन्तर्गतका आफ्ना २ खेल खेल्न बाँकी छँदै उपाधि सुरक्षित गरिसकेको थियो। अपराजित रहँदै लिगको उपाधि हात पार्ने मनाङको सपना भने पुरा हुन सकेन। मंगलबार भएको...
ए डिभिजन लिग : मनाङले आठौं पटक जित्यो उपाधि

कांग्रेसमा छायाँ सरकार गठनको प्रक्रिया सुरु

काठमाडौं, २४ पुस – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका कामकारबाहीमाथि निगरानी बढाउन कांग्रेसले छायाँ सरकार गठनको प्रक्रिया सुरु गरेको छ।  कांग्रेसले सरकारमा बसेर काम गरेको अनुभव संगालेका नेतालाई छायाँ सरकारको जिम्मेवारी दिने तयारी गरेको छ। जिम्मेवारीका लागि सांसद्‍लाई ना...
कांग्रेसमा छायाँ सरकार गठनको प्रक्रिया सुरु

Published Events By Suvadin Correspondent

Published Infos By Suvadin Correspondent

Published Polls By Suvadin Correspondent